×

आर्थिक

सरकारी राहत कोषमा ५० लाख रुपैयाँ दिने एमालेको निर्णय

सरकारी राहत कोषमा ५० लाख रुपैयाँ दिने एमालेको निर्णय
काठमाडौं- एमालेले सरकारी राहत कोषमा ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ।बाढीपहिरो प्रभावितको उद्धार तथा राहतका लागि सरकारी कोषमा ५० लाख दिने निर्णय मंगलबार बसेरा होटलमा बसेको सचिवालय बैठकले गरेको हो।एमाले महासचिव शंकर पोखरेलले सरकारी राहत कोषमा ५० लाख जम्मा गर्ने निर्णय भएको बताए। अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा गम्भीर प्राकृतिक विपत्तिको स्थितिमा सबैका तर्फबाट उद्धार, राहत र स्वयंसेवाका काममा लाग्न पनि आह्वान गरेका छन्।सरकारी कोषमा नेपाली कांग्रेसल...

ढोरपाटनका मेयर नेपालीको बयान – सम्पत्ति बेचेर सहकारी बचतकर्ताको रकम फिर्ता गर्छु

ढोरपाटनका मेयर नेपालीको बयान – सम्पत्ति बेचेर सहकारी बचतकर्ताको रकम फिर्ता गर्छु
पोखरा- सहकारी ठगी अभियोगमा पक्राउ परेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीसँग जिल्ला अदालत बागलुङले बयान लिएको छ।सोमबार जिल्ला न्यायाधीश रमेशकान्त अधिकारीको एकल इजलासमा मेयर नेपालीले सहकारी ठगीका विषयमा बयान दिएका हुन्।मेयर नेपालीले पोखरा र बागलुङमा छुट्टाछुट्टै इमेज बचत तथा ऋण सहकारी संस्था सञ्चालन गरेका थिए। यी दुई जिल्लामा सञ्चालित उक्त सहकारीबाट सर्वसाधारण बचतकर्ताको २ अर्ब बढी अपचलन भएको आरोप छ। मेयर नेपालीले बयानमा सहकारीको बचतकर्ताको रकम निजी सम्पत्ति बेचेर फि...

भरतपुरमा असोज १६ गतेदेखि काडा अटो एक्स्पो २०८१ हुने

भरतपुरमा असोज १६ गतेदेखि काडा अटो एक्स्पो २०८१ हुने
  भरतपुर- अटोमोवाईल व्यवसायिहरुको हकहित, व्यवसाय प्रर्बधन तथा सुरक्षित व्यवसाय सञ्चालनको लागि नेतृत्वदायी भूमिका निर्वाह गर्दैै आईरहेको संस्था चितवन अटोमोवाईल डिलर्स एसोशियशन (काडा) को आयोजनामा काडा अटो एक्स्पो २०८१ हुने भएको छ । चितवन उद्योग संघसँगको सहकार्यमा चितवन प्रदशनी केन्दमा अटोमोवाईल व्यवसायको प्रर्बधन तथा व्यवस्थापन गर्ने उद्देश्यका साथ असोज १६ गतेदेखि असोज १९ गतेसम्म एक्स्पोको आयोजना गर्न लागिएको चितवन अटोमोवाईल डिलर्स एसोशियशनका अध्यक्ष राजन पियाले जानक...

विमान कम्पनीले तीन दिन उच्च भाडादरमा टिकट नबेच्ने

विमान कम्पनीले तीन दिन उच्च भाडादरमा टिकट नबेच्ने
काठमाडौं - विमान कम्पनीहरूले तीन दिन उच्च भाडादरमा टिकट नबेच्ने भएका छन् । वायुसेवा सञ्चाक संघ, नेपालले आइतबार एक विज्ञप्तिमार्फत विपद्को घडीमा सरकारले तोकेबमोजिमको अपर लिमिट (उच्च भाडादर) मा टिकट नबेच्ने निर्णय गरेको हो । संघले असोज १४ गतेदेखि १६ गतेसम्म अपर लिमिटमा टिकट नबेच्ने निर्णय गरेको छ । संघले यस विषम परिस्थितिमा परल मूल्यमा हवाई इन्धन उपलब्ध गराउन सरकारसँग माग गरेको छ । यसरी हवाई इन्धनको मूल्य घटाएमा हवाई यात्रामा लाग्दै आएको फ्यूल खर्च स्वतः घट्ने र यसको प्रत्यक...

सुनको मूल्यले नयाँ रेकर्ड बनाउँदै तोलाको १ लाख ६१ हजार २००

सुनको मूल्यले नयाँ रेकर्ड बनाउँदै तोलाको १ लाख ६१ हजार २००
काठमाडौं- पछिल्ला दिनमा सुनको मूल्यले लगातार नयाँ रेकर्ड बनाउँदै आएको छ । आज सुन प्रतितोला एक लाख ६१ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । बिहीबार एक लाख ६० हजार ७०० रुपैयाँमा कारोबार भएकोमा यो रेकर्ड  शुक्रबार ५०० रुपैयो बढेको छ । सुन आइतबार एक लाख ५८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । सोमबार एक लाख ५९ हजार २०० मा, मंगलबार एक लाख ५९ हजार ७०० र बुधबार एक लाख ६० हजार ४०० रुपैयाँमा सुन कारोबार भएको थियो । यो हप्ताभरी नै नयाँ–न...

नेपालको अर्थतन्त्र सुधारोन्मुख – एडीबी

नेपालको अर्थतन्त्र सुधारोन्मुख – एडीबी
  काठमाडौं । नेपालको अर्थतन्त्र सुधारोन्मुख रहेको एसियाली विकास बैंक (एडीबी)ले जनाएको छ । बुधबार एसियन डेभलपमेन्ट आउटलुक सार्वजनिक गर्दै एडीबीले सन् २०२४ मा नेपालको आर्थिक वृद्धिदर ३।९ प्रतिशत पुग्ने अनुमान गरेको छ । यसअघि अप्रिल २०२४ मा सार्वजनिक गरिएको प्रक्षेपणमा नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशत मात्र हुने अनुमान गरिएको थियो । यो बीचमा कृषि उत्पादन, पर्यटक आगमनमा सुधार र विद्युत उत्पादनमा भएको वृद्धिसहितका कारणले जीडीपीमा सकारात्मक वृद्धि हुने अनुमान गरिएको छ...

सुनको मूल्यमा अर्को रेकर्ड, तोलाको एक लाख ६० हजार नजिक

सुनको मूल्यमा अर्को रेकर्ड, तोलाको एक लाख ६० हजार नजिक
काठमाडौं - नेपाली बजारमा सुनको मूल्यमा यही असोज ६ गतेदेखि दैनिक नयाँ रेकर्ड बन्दै आएको छ ।मंगलबार छापावाल सुन प्रतितोला एक लाख ५९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च मूल्य हो । सोमबारको तुलनामा मंगलबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको छ । यसअघिको उच्च मूल्य सोमबार छापावाल सुन प्रतितोला एक लाख ५९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार, गएको आइतबार छापावाल सुन प्रतितोला एक लाख ५८ हजार ८०० रुपै...

नेपालको अर्थतन्त्रले सुधारको प्रारम्भिक संकेत देखायोः आईएमएफ

नेपालको अर्थतन्त्रले सुधारको प्रारम्भिक संकेत देखायोः आईएमएफ
  काठमाडौं । अन्तर्राष्ट्रिय मुद्राकोषले नेपालको अर्थतन्त्रमा सुधारका प्रारम्भिक संकेतहरु देखिएको बताएको छ ।नेपालको अर्थतन्त्रको अवस्था र आईएमएफले सहयोग गरेको विस्तारित कर्जा सुविधा (ईसीएफ) को कार्यान्वयनका बारे छलफल गर्न सेप्टेम्बरको ११ देखि २२ सम्म नेपालमा बसेको आईएमएफ टोलीले यस्तो निस्कर्ष निकालेको हो । आईएमएफ प्रतिनिधिमण्डलको नेतृत्व गरेकी सार्वत जहाँले विज्ञप्ति जारी गर्दै पछिल्ला समयका तथ्यांकले आयात वृद्धि सकारात्मक बन्न थालेको, कर संकलनमा सुधार हुँदै गएको त...

सेयर बजारको ओरालो यात्रा जारी, नेप्से २५२९ अंकमा

सेयर बजारको ओरालो यात्रा जारी, नेप्से २५२९ अंकमा
  काठमाडौं । सोमबार सेयर बजारमा सबै सूचक घटेका छन् । नेप्से परिसूचक ५९ अंक घटेको छ । सो अंकको गिरावटपछि नेप्से २५२९ अंकमा कायम भएको छ । यस दिन कुल ५ अर्ब ६६ करोडको कारोबार भयो । कारोबार रकम अघिल्लो दिनको तुलनामा बढेको छ । अघिल्लो दिन ५ अर्ब ९ करोडको भएको थियो । १४ कम्पनीको मूल्य बढ्दा २२९ को घटेको छ भने एउटाको स्थिर रह्यो । सबै क्षेत्रका सूचक घटेका छन् । बैंकिङ १.२७, विकास बैंक २.४६, फाइनान्स ५.५६, होटल तथा पर्यटन ३.३४, हाइड्रोपावर २.८९, लगानी २.७३, जीवन बीमा २.३५,...