×

आर्थिक

नेपालमा ढुक्क भएर लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई अर्थमन्त्रीको अनुरोध

नेपालमा ढुक्क भएर लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई अर्थमन्त्रीको अनुरोध
वासिङ्टन डिसी । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सूचना प्रविधिको क्षेत्रमा नेपालमा लगानीका पर्याप्त अवसर रहेका र त्यसको आकर्षक प्रतिफल पनि प्राप्त हुने भएकाले ढुक्क भएर लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई आग्रह गरेका छन् । अमेरिकी उद्योग वाणिज्य सङ्घले आयोजना गरेको छलफलमा उहाँले नेपालको भौतिक पूर्वाधार, पर्यटन, कृषि, ऊर्जालगायत क्षेत्रमा लगानी गरेर लाभ लिन अनुरोध गरे । नेपाल उद्योग वाणिज्य महासङ्द्धका अध्यक्ष चन्द्र ढकालले नेपालमा जलविद्युत् विक...

सुनको मूल्य तोलाको १ लाख ६६ हजार ७ सय रुपैयाँ

सुनको मूल्य तोलाको १ लाख ६६ हजार ७ सय रुपैयाँ
काठमाडौँ । सुनको मूल्यले आज नयाँ कीर्तिमान बनाएको छ । सुनको मूल्य आज तोलामा ८ सय रुपैयाँले बढेर एक लाख ६६ हजार ७ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।मंगलबार एक लाख ६५ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ३५ रुपैयाँले बढेर तोलाको दुई हजार एक सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

कामना सेवा विकास बैंकको नाफामा व्यापाक सुधार, तीन महिनामै साढे १७ करोड बढी नाफा

कामना सेवा विकास बैंकको नाफामा व्यापाक सुधार, तीन महिनामै  साढे १७ करोड बढी नाफा
  काठमाडौं । कामना सेवा विकास बैंकको नाफामा व्यापाक सुधार देखिएको छ । तीन महिनामै बैंकले साढे १७ करोड बढी खुद नाफा आर्जन गरेको छ । बैंकले बुधवार प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । चालु आवको असोज मसान्तसम्ममा बैंकले १७ करोड ४९ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा भने ४६.४० प्रतिशत बढी हो । गत आवको पहिलो त्रैमासमा पनि बैंकले ११ करोड ९५ लाख २१ हजार रुपैयाँ नाफा कमाएको थियो...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ८१ करोड जम्मा

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ८१ करोड जम्मा
काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ८१ करोड ७१ लाख १४ हजार तीन सय ७९ बराबर रकम जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले उपलब्ध गराएको यो विवरण यही कात्तिक ४ गतेसम्मको हो । उक्त कोषमा विभिन्न संघ संस्था, निकाय र कम्पनीले सहयोग रकम जम्मा गरेका छन् । यस्तै व्यक्तिगत रूपमा पनि कोषमा रकम जम्मा भएको छ । सरकारले गत असोज ११ र १२ गतेको अविरल वर्षापछिको बाढीपहिरोबाट प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनाका लागि उक्त रकम खर्च गर्दै आएको छ । ...

बढ्यो पेट्रोल-डिजेलको भाउ

बढ्यो पेट्रोल-डिजेलको भाउ
काठमाडौं- सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको छ।नेपाल आयल निगमले मंगलबार एक विज्ञप्ति जारी गर्दै बुधबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोलको भाउ लिटरमा एक रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा चार रूपैयाँ बढाएको जानकारी दिएको छ। भारतीय आयल कर्पोरेसनले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो।निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ।पहिलो वर्गमा चारआली, व...

सेयर बजार २६९० अंकमा

सेयर बजार २६९० अंकमा
काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से ३७.१३ अंक बढेको छ । सो वृद्धिसँगै २६९० अंकमा कायम भएको छ । कारोबार भइरहँदा पटक पटक नेप्से २७०० माथि पुगे पनि अन्तिममा अडिन सकेन । बजार बढ्दा कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ६ अर्ब १३ करोडको कारोबार भएकोमा आज ७ अर्ब ९ करोडको भयो । १७६ कम्पनीको मूल्य बढ्दा ६६ को घट्यो भने २ को स्थिर रह्यो । अघिल्लो दिनसम्म उच्च वृद्धि देखिएको फाइनान्स सेक्टर यस दिन ०.७१ प्रतिशत घट्यो । त्यस्तै उत्पादन समूह पनि १.२९ प्रतिशत घट्यो । यी दुईब...

कुमारी बैंकको आयोजनामा गैँडाकोटमा किसानहरुलाई वित्तीय साक्षरता प्रदान

कुमारी बैंकको आयोजनामा गैँडाकोटमा किसानहरुलाई वित्तीय साक्षरता प्रदान
गैँडाकोट -  पूर्वी नवलपरासीको गैँडाकोटका किसानहरुका लागि वित्तिय साक्षरता कार्यक्रम शनिवार सम्पन्न भएको छ । कुमारी बैंक लिमिटेड हर्कपुर शाखाको आयोजना तथा मुकुन्दसेन दुग्ध उत्पादक सहकारी संस्थाको सहकार्यमा सहकारी संस्थाका किसानहरुका लागि वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको हो । रत्नराज्य लक्ष्मी माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न भएको कार्यक्रममा कुमारी बैंक हर्कपुर शाखाका प्रबन्धक दिपक गौतम र कुमारी बैंक बागमती प्रदेश कार्यालय भरतपुरका शमशेर बहादुर आलेले बैंक, बचत तथा...

भरतपुर महानगरका मेयर दाहालद्धारा जुत्ताचप्पल मेलाको अवलोकन

भरतपुर महानगरका मेयर दाहालद्धारा जुत्ताचप्पल मेलाको अवलोकन
भरतपुर- भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरमा चलिरहेको बडादशैं तेस्रो जुत्ताचप्पल मेला २०८१ को अवलोकन गर्नुभएको छ । प्रमुख दाहालले बुधबार असोज १ गतेदेखी चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा चलिरहेको बडादशैं तेस्रो जुत्ताचप्पल मेलाको अवलोकन गर्नु भएको हो। स्वदेशी उत्पानको प्रयोग र प्रबर्दन गर्ने उदेश्यले सन्चालन भएको उक्त मेलामा स्थानिय प्रतिनिधि आएर अबलोकन गर्दा आफुहरुलाई खुशी लागेको आयोजकहरुले बताएका छन् ।मेलामा सस्तो मुल्यमा बलियो जुत्ता चप्पल पाउने भएपछी ग्...

काडा अटो एक्स्पोको पहिलो दिननै १९ वटा गाडीको बुकिङ्ग, सातवटा मोटरसाइकल बिक्री

काडा अटो एक्स्पोको पहिलो दिननै १९ वटा गाडीको बुकिङ्ग, सातवटा मोटरसाइकल बिक्री
चितवन । चितवन अटोमोवाईल डिलर्स एसोशियशन(काडा) को आयोजनामा काडा अटो एक्स्पोमा पहिलो दिनमै १९ वटा गाडीको बुकिङ्ग भएको र सातवटा मोटरसाइकल बिक्री भएका छन ।बुधबार देखि चितवन एक्स्पो सेन्टरमा शुरु भएको काडा एक्स्पोमा गाडी किन्ने ग्राहहको उल्लेखनीय सहभागिता देखिएको हो । काडाका अध्यक्ष राजन पियाले गाडी र मोटरसाइकल बुकिङ्ग गर्ने र मोटरसाइकल किन्ने उत्साहजनक सहभागिता रहेको जानकारी दिए । ‘एकैदिन हाम्रो एक्स्पोबाट १९ वटा गाडीको बुकिङ्ग भएको र सातवटा मोटरसाइकल बिक्री पनि भईसकेका छन, अध...