×

आर्थिक

तोलामा २ हजार ६ सय घट्यो सुन

तोलामा २ हजार ६ सय घट्यो सुन
काठमाडौं । अघिल्लो दिन प्रतितोला १५ हजार ९ सय रुपैयाँ घटेको सुन मंगलबार फेरि २ हजार ६ सय रुपैयाँ घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँ थियो । यसअघि कात्तिक १५ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो । त्यस्तै चाँदीको भाउ प्रतितोला २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८४५ रुपैयाँ रहेको चाँदी यस दिन १८२० रुपैय...

नेपाल धितोपात्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त

नेपाल धितोपात्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त
काठमाडौं । नेपाल धितोपात्र बोर्डको अध्यक्ष सन्तोषनारायण श्रेष्ठ बनेका छन् । सोमबार बसेको मन्त्रिपरिषद्ले श्रेष्ठलाई अध्यक्ष नियुक्ति गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । सेबोन करिब १ वर्षदेखि अध्यक्षविहीन थियो । तत्कालीन अध्यक्ष रमेश हमालको दुई वर्षे कार्यकाल २०८० पुस २० गते सकिएको थियो । धितोपत्र सम्बन्धी ऐन, २०६३ मा नेपाल धितोपत्र बोर्डको अध्यक्ष पद रिक्त भएमा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सदस्यले बोर्डको अध्यक्ष हैसियतमा काम गर्ने व्यवस्था छ । त्यसैअन...

भन्सार दर घटेपछि तोलामै १५ हजार ९ सय घट्यो सुन

भन्सार दर घटेपछि तोलामै १५ हजार ९ सय घट्यो सुन
काठमाडौं । सरकारले भन्सार दर घटाएपछि सुनको भाउ तोलामै १५ हजार ९ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको भाउ प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँ थियो । ‘सरकारले १० प्रतिशत भन्सार दर कायम गरेपछि सोअनुसार सोमबारदेखि मूल्य समायोजन गरिएको हो’ महासंघका अध्यक्ष अर्जुन रसायलीले भने । सरकारले सुनको भन्सार दरलाई २० बाट १० प्रतिशतमा झारेपछि सो दरको प्रभाव सोमबार नै परेको हो । ‘भारतबाट स...

धितोपत्र बोर्ड अध्यक्षमा सन्तोषनारायण, मुक्तिनाथ र नवराजको नाम सिफारिस

धितोपत्र बोर्ड अध्यक्षमा सन्तोषनारायण, मुक्तिनाथ र नवराजको नाम सिफारिस
काठमाडौं । नेपाल धितोपत्र बोर्ड अध्यक्षका लागि तीन जनाको नाम सिफारिस भएको छ ।बोर्ड अध्यक्ष सिफारिस समितिले सन्तोषनारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ र नवराज अधिकारीको नाम सिफारिस गरेको स्रोतले बतायो ।स्रोतका अनुसार सिफारिस समितिले उत्कृष्ट कार्यायोजना तथा अन्तर्वार्ताका आधारमा उनीहरूलाई सिफारिस गरेको हो । आइतबार मात्रै बोर्डका कार्यकारी निर्देशक अधिकारी र नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए । सर्टलिस्टमा परेका अर्का उम्मे...

आज फेरी एकैदिन २२०० सयले घट्यो सुनको मूल्य

आज फेरी एकैदिन २२०० सयले घट्यो सुनको मूल्य
  काठमाडौँ- नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज सुन २२०० रुपैयाँले घटेको हो । आज छापावाला सुन प्रतितोला १ लाख ६० हजार रुपैयाँ कायम भएको छ । हिजो (बुधबार) सुन प्रतितोला १ लाख ६२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य पनि आज ३५ रुपैयाँले घटेको छ । बुधबार प्रतितोला १ हजार ९४० रुपैयाँ रहेको चाँदीको मूल्य घटेर बिहीबार १ हजार ९०५ रुपैयाँ कायम भएको हो ।

१५ दिनभित्र बक्यौता नतिर्ने उद्योगमा फेरि लाइन काट्छौं- कुलमान घिसिङ

१५ दिनभित्र बक्यौता नतिर्ने उद्योगमा फेरि लाइन काट्छौं- कुलमान घिसिङ
काठमाडौं- नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले प्राधिकरणले सरकारको निर्देशन पालना गर्दै उद्योगमा बिजुली जोड्ने निर्णय गरेको बताएका छन्।बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै उनले मन्त्रिपरिषदको उद्योगमा बिजुली जोड्ने निर्णयपछि ऊर्जा मन्त्रालयको पत्रअनुसार सञ्चालक समितिको बैठक बसेको र बोर्डले सरकारको निर्देशन कार्यान्वयन गर्ने निर्णय गरेको बताए। कात्तिक ८ गते लाइन काटेका थियौं। भर्खरै सरकारले १५ दिनभित्र बक्यौता उठाउने गरी २४ घण्टाभित्र बिजुली जोड्न निर्दे...

गण्डकी प्रदेश महोत्सवको तयारी पूरा, सोमबार मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने

गण्डकी प्रदेश महोत्सवको तयारी पूरा, सोमबार मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने
गैँडाकोट- नारायणी नदीकिनारमा सञ्चालन हुने ‘दोस्रो गण्डकी प्रदेश महोत्सव–२०८१’ को तयारी अन्तिम चरणमा पुगेको छ । कात्तिक २६ देखि नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशको आयोजनामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा महोत्सव हुँदैछ । महोत्सव मूल समिति संयोजक एवम् आयोजक संस्थाका अध्यक्ष अमृत भट्टचनले महोत्सवको तयारी आइतबार साँझसम्म ९९ प्रतिशत पूरा भएको बताउनुभयो । महोत्सव स्थलमा प्रवेश गेट राख्ने काम मात्रै बाँकी भएको भन्दै अन्य सबै तयारी प...

सहकारी ठगी प्रकरण- ढोरपाटनका मेयर देवकुमार नेपाली अदालतमा

सहकारी ठगी प्रकरण- ढोरपाटनका मेयर देवकुमार नेपाली अदालतमा
  पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा देवकुमार नेपालीलाई पनि कास्की अदालतमा उपस्थित गराइएको छ । ढोरपाटन नगरपालिकाका मेयरसमेत रहेका इमेज सहकारीका अध्यक्ष नेपाली सूर्यदर्शन सहकारीका पूर्व उपाध्यक्ष थिए । सूर्यदर्शन सहकारीको अध्यक्ष हुन नपाएपछि त्यहीँका कर्मचारीसँग मिलेर नेपालीले बागलुङ र पोखरामा इमेज सहकारी खोलेका थिए । इमेज सकारी ठगी प्रकरणमा उनी बागलुङ कारागारमा पुर्पक्षका लागि थुनामा थिए । इमेज सहकारीबाट दुई जिल्लामा दुई अर्बभन्दा धेरै हिनामिना गर...

कालीगण्डकी-तिनाउ डाइभर्सनविरुद्धको रिट सर्वोच्चले गरिदियो खारेज

कालीगण्डकी-तिनाउ डाइभर्सनविरुद्धको रिट सर्वोच्चले गरिदियो खारेज
  बुटवल -  बहुचर्चित कालीगण्डकी- तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाविरुद्ध सर्वोच्च अदालतमा परेको रिट खारेज भएको छ ।रिट खारेज भएसँगै यो आयोजना अघि बढाउने बाटो खुलेको छ । आयोजनाविरुद्ध २०७८ असारमा सर्वोच्चमा मुद्दा दायर भएको थियो । सर्वोच्चका न्यायाधीश डा.कुमार चुडाल र विनोद शर्माको इजलासले आइतबार आयोजनाविरुद्ध परेको रिट खारेज गरेको अधिवक्ता राजाराम घिमिरेले बताए । फैसलाको लिखित रुप भने सार्वजनिक भएको छैन । कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाअन्तर्गत ...