सुन हालसम्मकै महङ्गो, प्रतितोला कतिमा भईरहेको छ कारोबार ?
काठमाण्डौ - घरेलु बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । गत शुक्रबार प्रतितोला १५ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि वृद्धि भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १७ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
यसअघि भदौ ३१ गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५७ हजार ३सय रुपैयाँ कायम भएको थियो ।गत शुक्र...


