×

चितवन । भाटभटेनी सुपरमार्केट्सले चितवनमा २९औँ स्टोर सञ्चालनमा ल्याउने भएको छ । भाटभटेनी सुपरमार्केट्सका अध्यक्ष तथा प्रबन्ध निर्देशन मीनबहादुर गुरुङले २९औँ स्टोर चितवनको टाँडीस्थित शान्ति चोकमा सञ्चालनमा ल्याउन लागिएको जानकारी दिए ।

एक वर्षभित्रैमा उनले उक्त स्टोर सञ्चालनमा ल्याउने तयारी गरिएको भए पनि केही प्राविधिक कामले ढिलाइ भए १४ महिनाभित्रमा सञ्चालनमा आउने बताए । २९औँ स्टोरले चितवनको टाँडी क्षेत्रका जनतालाई सहजता प्रदान गर्ने जनाएको छ ।टाँडीमा सञ्चालनमा आउन लागेको स्टोर बेसमेन्टसहित सात तलाको हुनेछ ।
एक तलामा ४६ हजार स्क्वायर फिट रहन्छ । चितवनमा नक्सा पासदेखि, कित्ताकाट लगायतका काम तत्कालै भए एक वर्षभित्रै स्टोर सञ्चालनमा आइसक्नेछ । चितवनस्थित नयाँ स्टोरमा करिब पाँच सयले रोजगारी प्राप्त गर्ने जनाइएको छ । चितवनकै भरतपुरमा भाटभटेनीको अर्को स्टोर भने पहिल्यै सञ्चालनमा आइसकेको छ ।

तपाईको प्रतिक्रिया