×

आर्थिक

कर वृद्धि विरुद्ध हेटौंडाका व्यवसायी सडकमा

कर वृद्धि विरुद्ध हेटौंडाका व्यवसायी सडकमा
हेटौंडा । कर वृद्धिको विरोधमा हेटौंडा व्यवसायीले आफ्ना व्यवसाय बन्द गरेर साँचो उपमहानगरलाई बुझाएका छन्। मेयर मिनाकुमारी लामा र उपमेयर राजेश बानियाँले नाराबाजी गरिरहेका व्यवसायीको भीडमा आएर साँचो बुझेका हुन् । मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा भइरहेको कर वृद्धि विरूद्धको आन्दोलनलाई साथ दिंदै व्यवसायीहरूले शुक्रबार आफ्ना व्यवसाय बन्द गरेर उपमहानगर कार्यालयमा धर्ना दिएका हुन् । मेयर र उपमेयरले केही प्रतिनिधिभित्र आउन गरेको आग्रह अस्वीकार गर्दै व्यवसायीहरूले बाहिरै आएर स...

कारोबार रकमले फेरि तोड्यो रेकर्ड, ३००० विन्दुमा नेप्से

कारोबार रकमले फेरि तोड्यो रेकर्ड, ३००० विन्दुमा नेप्से
काठमाडौं-सेयर बजारमा हुने दैनिक कारोबार रकममा फेरि एक पटक नयाँ रेकर्ड बनेको छ।यसअघि साउन २८ गते २७ अर्ब २४ करोडको कारोबार भएर ऐतिहासिक रेकर्ड कायम गरेकोमा त्यो रेकर्ड समेत तोडिएको हो।बिहीबार २९ अर्ब ९५ करोड रूपैयाँको सेयर कारोबार भएको छ। यो रकम पछिल्लो रेकर्डभन्दा २ अर्ब ७१ करोड रूपैयाँ बढी हो। यो ऐतिहासिक उच्च कारोबार हो। हालसम्म बजारमा यो दरमा कारोबार भएको छैन।बिहीबार नेप्से परिसूचक ४३.०५ अंकले बढेर ३०००.८१ विन्दुमा बन्द भएको छ।यसदिन ३३४ वटा धितोपत्रको छ करोड ८९ लाख ८० ह...

२७ अर्ब नाघ्यो सेयर कारोबार, नेप्से ३० महिनाकै उच्च, लगानीकर्ता मालामाल

२७ अर्ब नाघ्यो सेयर कारोबार, नेप्से ३० महिनाकै उच्च, लगानीकर्ता मालामाल
काठमाडौं । सेयर कारोबार रकममा अघिल्लो दिन बनेको उच्च रेकर्ड सोमबार नै तोडिएको छ । यस दिन २७ अर्ब २४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि हिजो आइतबार २५ अर्ब २७ करोडको कारोबार भएको थियो । कारोबार रकमले नयाँ रेकर्ड बनाउँदा सोमबार नेप्से परिसूचक ७०.८१ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २९३१ अंकमा कायम भएको छ । यो अंक ३० महिनायताकै अर्थात २०७८ माघयताकै उच्च हो । कुल १७१ कम्पनीको मूल्य बढ्दा ६८ को घट्यो भने ३ को स्थिर रह्यो । अधिकांश क्षेत्रका सूचक बढेका छन् ।...

सेयर बजारमा फेरि नयाँ रेकर्ड, लगानीकर्ता उत्साहित

सेयर बजारमा फेरि नयाँ रेकर्ड, लगानीकर्ता उत्साहित
काठमाडौं-सेयर बजारमा हुने दैनिक कारोबार रकममा फेरि एकपटक नयाँ रेकर्ड बनेको छ।यसअघि गत मंगलबार २३ अर्ब ५० करोडको कारोबार भएर ऐतिहासिक रेकर्ड कायम गरेकोमा त्यो रेकर्ड समेत तोडिएको हो। आइतबार २५ अर्ब ७७ करोड रूपैयाँको सेयर कारोबार भएको छ। कारोबार मात्रै होइन सेयर बजार परिसूचक ३० महिनाकै उच्च विन्दुमा आइपुगेको छ। नेप्सेले २८ सयको मनोवैज्ञानिक प्रतिरोध पार गरेसँगै ३० महिनाकै उच्च विन्दुमा आइपुगेको हो। नेप्से एकैदिन ९४.५३ अंकले बढेर २८६०.९१ विन्दुमा आइपुगेको हो। यसअघि नेप्से ...

सेयर कारोबार रकममा हालसम्मकै उच्च रेकर्ड

सेयर कारोबार रकममा हालसम्मकै उच्च रेकर्ड
काठमाडौं । बुधबार सेयर कारोबार रकममा हालसम्मकै उच्च रेकर्ड बनेको छ । यस दिन कुल २१ अर्ब ९१ करोड १५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि अघिल्लो बुल चरणमा ३१ साउन २०७८ मा २१ अर्ब ५३ करोड रुपैयाँ बराबरको उच्च रेकर्ड बनेको थियो । अघिल्लो चरणको बुलको कारोबार रेकर्ड तीन वर्षमा तोडिएको हो । बुधबार सेयर बजारको परिसूचक नेप्से ६४।२५ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २७६०.९० अंकमा कायम भएको छ । १९१ कम्पनीको मूल्य बढ्दा ४४ को घट्यो भने ७ को स्थिर रह्यो । सबै क्...

नेप्सेमा ३ वर्षयताकै उच्च कारोबार

नेप्सेमा ३ वर्षयताकै उच्च कारोबार
काठमाडौं- सोमबार नेप्सेमा करेक्सन आएको छ।यसदिन नेप्से २०.४६ अंकले घटेर २६६१.०९ विन्दुमा पुगेर बन्द भएको छ।सोमबार अन्तर दिनको कारोबारमा पटक–पटक २७ सयको विन्दु भेट्दै ओर्लिंदै गरेको नेप्सेमा यो विन्दु प्रतिरोधको रूपमा देखिएको छ। सोमबार अन्तरदिनको कारोबारमा नेप्से २७ सय ३५ विन्दुसम्म पुगेको थियो।बजार बढ्दै जाँदा पछिल्लो समय यो थप उचाइमा पुग्ने धेरैको दाबी छ। त्यसैले, २७ सयको विन्दु आसपासमा केही लगानीकर्ताले प्रोफिट बुकिङ थाल्दा आज बजारमा करेक्सन देखिएको हो। यसदिन कारोबार र...

नेप्सेमा लाग्यो दोस्रो सकारात्मक सर्किट, ४० मिनेटलाई बजार बन्द

नेप्सेमा लाग्यो दोस्रो सकारात्मक सर्किट, ४० मिनेटलाई बजार बन्द
काठमाडौं - सेयर बजार परिसूचक नेप्सेमा दोस्रो पटक सर्किट ब्रेक लागेको छ।पहिलो सर्किट ब्रेक लागेर खुल्ने बित्तिकै बजारमा दोस्रो सर्किट ब्रेक लागेको हो।यो सँगै अब बजार ४० मिनेटको लागि बन्द हुन्छ। यो समयसम्म नेप्से १२९.०७ अंकले बढेको छ। नेप्से २६९७.२१ विन्दुमा आएको छ। त्यस्तै, ५२ करोड ४९ लाख रूपैयाँको कारोबार भएको छ।राष्ट्र बैंकले चालु वर्षको लागि ल्याएको मौद्रिक नीतिले संस्थागत लगानीको सीमा हटाएको छ। यसको असर बजारमा देखिएको हो। सोही कारण लगानीकर्ता उत्साहित भएका छन्।बजारमा...

मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)
काठमाडौं- नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ ।गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार चालु आवको पहिलो मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।राष्ट्र बैंकले गत आवको तुलनामा लचिलो मौद्रिक नीति ल्याएको छ । निजी क्षेत्रमा जाने कर्जा १२ प्रतिशतले वृद्धि गर्ने लक्ष्य मौद्रिक नीतिले लिएको छ । सेयर धितोमा लचकता अपनाइएको छ । बैंक तथा वित्तीय संस्थाहरूबाट सेयर धितो कर्जामा संस्थाहरूलाई दिइने अधिकतम २० करोडको सीमा खारेज भएको छ । व्यक्तिगत कर्जामा ...

राष्ट्र बैंकले मौद्रिक नीति आज सार्वजनिक गर्ने

राष्ट्र बैंकले मौद्रिक नीति आज सार्वजनिक गर्ने
काठमाडौं- चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति आज सार्वजनिक हुने भएको छ। सञ्चालक समितिको बैठक बसेर मौद्रिक नीति सार्वजनिक गर्ने तयारी भएको राष्ट्र बैंकका सहायक सूचना अधिकारी डा भागवत आचार्यले जानकारी दिए। राष्ट्र बैंकले अघिल्लो वर्ष साउन ७ गते मौद्रिक नीति सार्वजनिक गरेको थियो। यो वर्ष पनि साउन ४ गते नै मौद्रिक नीति सार्वजनिक गर्ने भनिए पनि प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकार युवराज खतिवडाले अध्ययन गर्ने भनेपछि रोकिएको थियो। अर्थतन्त्र दबाबमा रहेका कारण ...