डीभी भिसामा लगाइएको रोक तीन महिना थपियो, डीभी जितेका ४०० नेपाली रोकिए
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डीभी लोटरी एवं कामदार भिसाको माध्यमबाट अमेरिकामा आउन लगाइएको रोकलाई थप तीन महिना लम्बाएका छन् । ट्रम्पले कार्यकारी आदेशमार्फत गत डिसेम्बर ३१ सम्म कामदार र आप्रवासी भिसामा रोक लगाएका थिए । अब यो रोकावट मार्च ३१ सम्म रहने भएको छ ।
तर, जनवरी २० देखि राष्ट्रपतिय अफिस सम्हाल्ने तयारीमा रहेका जो बाइडेनले चाहिँ ट्रम्पको यो कदमको निन्दा गरेका छन् । उनले आफू ह्वाइट हाउसमा पुगेपछि ट्रम्पले लगाएका सबै खराब अध्यागमन नीतिलाई सच्याउने बताएका छन् । बाइ...


