×

अन्तर्राष्ट्रिय/प्रबास

नेपालसहित दर्जन बढी देशका नागरिकले सोमबारदेखि थाइल्यान्ड भ्रमण गर्न पाउने

नेपालसहित दर्जन बढी देशका नागरिकले सोमबारदेखि थाइल्यान्ड भ्रमण गर्न पाउने
काठमाडौं । थाइल्यान्ड सरकारले भोलि सोमबारदेखि नेपाललगायत विभिन्न मुलुकका नागरिकलाई सो मुुलुक भ्रमणका लागि पुनः खुला गर्ने भएको छ। कोरोना भाइरसको संक्रमण दर न्यून रहेका नेपाललगायत लाओस, म्यानमार, फिलिपिन्स, क्रोएसिया, इन्डानेसिया, कुवेत, माल्दिभ्स, मंगोलिया, ओमन, रोमानिया, स्लोभाकिया, श्रीलंका र भियतनाम लगायतका मुलुकका नागरिकले थाइल्याण्ड प्रवेश गर्न पाउने भएका हुन्। थाइल्यान्डको बिदेश मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गरी यस्तो जानकारी दिएको हो।    

सामाजिक सञ्जाल फेसबुकको नाम परिवर्तन गरेर मेटा राखियो

सामाजिक सञ्जाल फेसबुकको नाम परिवर्तन गरेर मेटा राखियो
काठमाण्डौ ।सामाजिक सञ्जाल फेसबुकले आफ्नो नाम परिवर्तन गरेको छ । फेसबुकको परिवर्तन गरिएको नाम मेटा राखिएको छ । फेसबुकका संस्थापक मार्क जुकरबर्गले फेसबुकको नाम परिवर्तन गरेर मेटा राखिएको घोषणा गर्नुभएको हो । लामो समयदेखि फेसबुकले नाम परिवर्तन गर्नेबारे चर्चा चलिरहेको थियो । फेसबुकका संस्थापक जुकरबर्गले आफ्नो सामाजिक सञ्जाललाई दोस्रो पटक ब्राण्डिङ गर्न चाहेको बताउनुभएको छ । कम्पनीले फेसबुकको नयाँ नाम परिवर्तन गरेसँगै रोजगारीको नयाँ अवसर पनि खोल्ने जनाएको छ । युवा प्रयोगकर्...

अफगानिस्तानमा गहिरियो मानवीय संकट : भोक मेटाउन ५ सय डलरमा सानी छोरी बिक्री !

अफगानिस्तानमा गहिरियो मानवीय संकट : भोक मेटाउन ५ सय डलरमा सानी छोरी बिक्री !
काठमाडौँ — गत अगस्टमा तालिबानले सत्ता कब्जा गरेसँगै अफगानिस्तानमा विश्वकै सबैभन्दा ठूलो मानवीय संकट उत्पन्न भएको छ । तालिबान सत्तामा आएसँगै अन्तर्राष्ट्रिय सहयोग रोकिएकाले अफगानिस्तानमा मानवीय संकट उत्पन्न भएको हो । विश्वका प्रमुख दाताराष्ट्रले तालिबानी सत्तासँग कस्तो सम्बन्ध राख्ने भन्ने स्पष्ट नपारेकाले पनि अफगानिस्तानमा खाद्यान्न, औषधिलगायतका अत्यावश्यक सामग्रीको अभाव भएको छ । संयुक्त राष्ट्र संघको विश्व खाद्य कार्यक्रम९डब्लूएफपी०ले यो हिउँदमा अफगानिस्तानमा भोकमरीको ...

सुडानमा सैन्य कु : विरोध प्रदर्शनमा सेनाले गोली चलाउँदा सात जनाको ज्यान गयो

सुडानमा सैन्य कु : विरोध प्रदर्शनमा सेनाले गोली चलाउँदा सात जनाको ज्यान गयो
काठमाण्डौ-सुडानमा सैन्य कु को विरोधमा भएको प्रदर्शनका क्रममा सेनाले गोली चलाउँदा सात जनाको ज्यान गएको छ । एक सय ४० जनाभन्दा धेरै घाइते भएका छन् । केही प्रदर्शनकारीलाई सेनाले पक्राउ गरेको बीबीसीले जनाएको छ । हिजो प्रधानमन्त्री अब्दुल्लाह हामदोकसहित केही मन्त्री र मन्त्रिपरिषद्का एक सदस्यलाई पनि सेनाले हिरासतमा लिए पछि सुडानमा विरोध प्रदर्शन भएको थियो । सुडानसँगै सैन्य कु को विश्वभर निन्दा भएको छ । अमेरिकाले केही आर्थिक सहयोग समेत रोकेको छ । यसैबीच सुडानमा सेनाले सरकार वि...

भारतको केरलामा वर्षाका कारण आएको बाढीले ६ जनाको मृत्यु

भारतको केरलामा वर्षाका कारण आएको बाढीले  ६ जनाको मृत्यु
काठमाण्डौ – भारतको केरलामा ठूलो पानीका कारण आएको बाढीले जनजीवन प्रभावित बनेको छ । बाढीका कारण केरलामा अहिलेसम्म ६ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अहिले पनि पानी निरन्तर परिरहेकाले नागरिकको राहत र उद्धारका लागि सेना तैनाथ गरिएको केरलाका रक्षा जनसम्पर्क कार्यालयले जनाएको छ । केरलाको इडुकी, पथनमथिट्टा, त्रिसूर र कोट्टयम बाढीका कारण सबैभन्दा धेरै प्रभावित भएका छन् । भारतको मौसम विज्ञान विभागले केरला, कर्नाटक, तमिलनाडू, पुडुचेरी र कराईकल लगायतका क्षेत्रमा...

साफ च्याम्पियनशीप उपाधिका लागि आज नेपाल र भारत भिड्दै

साफ च्याम्पियनशीप उपाधिका लागि आज नेपाल र भारत भिड्दै
तेह्रौं संस्करणको साफ च्याम्पियनशीपको उपाधिका लागि नेपालले आज भारतसँग खेल्दैछ । माल्दिभ्सको माले राष्ट्रिय फुटबल स्टेडियममा हुने खेल नेपाली समय अनुसार पौने ९ बजे सुरु हुनेछ ।भारत लिग चरणको विजेताको रुपमा फाइनल पुगेको हो भने नेपाल उपविजेता बन्दै उपाधि भिडन्त तय गरेको हो । भारतले समुह चरणमा दुई जित र दुई बराबरीको नतिजा सहित ८ अंक बटुलेको छ । नेपालले २ जित, एक बराबरी र एक हारको नतिजा सहित ७ अंक प्राप्त गरेको छ ।नेपाली टोलीको मुख्य खेलाडीको रुपमा अघि बढेका अन्जन विष्ट भने आजको...

अस्ट्रेलियामा तत्काल नेपाली विद्यार्थी जान पाउने सम्भावना न्यून

अस्ट्रेलियामा तत्काल नेपाली विद्यार्थी जान पाउने सम्भावना न्यून
अस्ट्रेलिया — करिब दुई वर्षपछि अस्ट्रेलियाले क्रमिक रुपमा विदेशी विद्यार्थीलाई भित्र्याउने योजना सार्वजनिक गरेको छ । न्यु साउथ वेल्स राज्यले यही डिसेम्बरको पहिलो सातादेखि सुरक्षित किसिमले विदेशी विद्यार्थीलाई उच्चशिक्षाका लागि ल्याइने योजना कार्यान्वयन गर्ने भएको छ । युनिभर्सिर्टी अफ न्यु साउथ वेल्स न्यु साउथ वेल्स राज्यको शैक्षिक निकाय स्टडी एनएसडब्लूका अनुसार डिसेम्बरको पहिलो सातादेखि यो विदेशी विद्यार्थीलाई ल्याउन सुरु गरिनेछ । जसमा हरेक दुई सातामा २ सय ५० जनाका दरले...

एप्पल आइफोन १३ सार्वजनिक

एप्पल आइफोन १३ सार्वजनिक
काठमाडौँ । एप्पल आइफोन १३ सार्वजनिक भएको छ ।  मंगलबार एक कार्यक्रमबिच आइफोन १३ र आइफोन मिनी सार्वजनिक भएको हो ।आइफोन १३ को डिस्प्ले ६।१ इन्चको रहेको छ भने मिनी आइफोनको ५।४ इन्चको रहेको छ । आइफोन १३ को हकमा एप्पलले आइफोन १२ को डिजाइनमा कुनै परिवर्तन गरेको छैन। फोनमा १२ मेगापिक्सेलको क्यामरा रहेको छ। आइफोन १२ को तुलनामा आइफोन १३ मा साढे २ घण्टा बढी ब्याट्री ब्याकअप रहेको कम्पन्नीले दाबी गरेको छ । यी आइफोनमा दुई वटा क्यामेरा रहेका छन् भने दुवैमा ए १५ बायोनिक चिप रहेको छ ।त्यस...

एमसीसीका उपाध्यक्ष र सहायक उपाध्यक्ष काठमाडौंमा, आजै प्रधानमन्त्रीलाई भेट्दै

एमसीसीका उपाध्यक्ष र सहायक उपाध्यक्ष काठमाडौंमा, आजै प्रधानमन्त्रीलाई भेट्दै
अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसीका उपाध्यक्ष फतिमा सुमार नेपालको चार दिने भ्रमणमा आज बिहान काठमाडौं आइपुगेकी छिन् । कतारबाट काठमाडौं आएकी उपाध्यक्ष सुमारसँगै नायब उपाध्यक्ष जोनाथन ब्रुक्स पनि छन् । नेपालमा रहँदा उपाध्यक्ष सुमार नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रालयले जनाएको छ । नेपालको गरिबी घट...