×

अन्तर्राष्ट्रिय/प्रबास

प्रधानमन्त्रीको राजीनामा माग्दै इजरायलमा हजारौंको प्रदर्शन

प्रधानमन्त्रीको राजीनामा माग्दै इजरायलमा हजारौंको प्रदर्शन
काठमाडौं । इजरायलमा कोरोना भाइरस ९कोभिड(१९० नियन्त्रणको लागि लगाइएको कडा लकडाउनको बीच शनिबार राति प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको राजीनामा माग गर्दै हजारौंले प्रदर्शन गरेका छन् । शनिबार राति प्रदर्शनकारीहरुले नेतान्याहूको निवास अगाडि नै प्रदर्शन गरेका हुन् । कोरोनाको महामारी बढेसँगै गत शुक्रबारदेखि इजरायलमा धेरै व्यवसायहरु बन्द छन् । ठूलो संख्यामा मानिसहरुलाई भेला हुन रोक लगाइएको छ भने सबैलाई घरमा नै बस्न सुझाइएको छ । तर, इजरायलले संसद्ले भने विरोध गर्ने अधिकार खोस्न ...

कृषि विधेयकको विरोधमा भारतभर चक्काजाम

कृषि विधेयकको विरोधमा भारतभर चक्काजाम
काठमाडौं । भारतका दुवै सदनबाट पारित भइसकेको कृषि विधेयकको विरोधमा आज किसानहरुले भारतभर चक्काजाम गरेका छन् ।सरकारले कृषि विधेयकलाई किसानको हितैषी भनेको छ र यसबाट किसानहरुको आय बढ्ने दाबी गरेको छ । तर, किसान संगठनहरुले भने यो विधेयकले कृषि क्षेत्रलाई कर्पोरेटको हातमा सुम्पिने भन्दै विरोध जनाएका छन् । भारतीय किसानहरुको आन्दोलनको प्रभाव सबैभन्दा धेरै पन्जाब र हरियाणामा परेको छ । पन्जाबमा विहीबारदेखि नै रेल रोक्ने अभियान चलाइएको थियो । भारतीय किसान आन्दोलन समन्वय समितिको अगु...

अस्ट्रेलियामा ९० ह्वेलको मृत्यु, अलपत्र १८० को उद्धारका लागि प्रयास जारी

अस्ट्रेलियामा ९० ह्वेलको मृत्यु, अलपत्र १८० को उद्धारका लागि प्रयास जारी
सिड्नी । अस्ट्रेलियाको दक्षिणी क्षेत्रमा पर्ने एउटा खाडीमा कम्तीमा ९० ह्वेल माछाको सोमबार मृत्यु भएपछि खतरामा रहेका १८० भन्दा बढीको उद्धारका लागि मङ्गलबार उद्धारकार्य सुरु गरिएको छ । ह्वेलविद्हरूले तस्मिनियाको पश्चिमी तटमा पानीको सतह कम भएको ह्वेल पुगेपछि उनीहरूलाई अनुकुल वातावरण नहुँदा मरेको बताएका छन् । उनीहरूले ह्वेलको समूह अन्टार्कटिकातर्फ जानेक्रममा बाटो विराएर तस्मििनियातर्फ गएको र पानीको गहिराई नभएको स्थानमा पुगेपछि अनुकुल वातावरणको अभावमा ठूलो सङ्ख्यामा ह्वेलको ...

छैटौंपटक पनि छोरी जन्माउने भन्दै आफ्नी पत्नीमाथि आक्रमण

छैटौंपटक पनि छोरी जन्माउने भन्दै आफ्नी पत्नीमाथि आक्रमण
भारत। भारतको उत्तर प्रदेशको बदायूं जिल्लामा एक पुरुषले लगातार छैटौंपटक पनि छोरी जन्माउने आशंकामा आफ्नी पत्नीमाथि आक्रमण गरेका छन् । भारतीय सञ्चारमाध्यमहरुमा उल्लेख गरिएअनुसार पन्नालाल नाम गरेका ४३ वर्षीय पुरुषले आफ्नी पत्नी अनितादेवीको पेट हँसियाले काटिदिएका हुन् । पण्डितले उनकी श्रीमतीले छैटौंपटक पनि छोरी जन्माउने भविष्यवाणी गरेपछि पेटमा रहेको शिशुको लिङ्ग पहिचानका लागि पन्नालालले श्रीमतीमाथि आक्रमण गरेका हुन् । आक्रमणबाट घाइते भएकी अनितादेवीको अहिले दिल्लीस्थित एक अस्...

अमेरिकामा आइतबारदेखि टिकटक र विच्याटमाथि प्रतिबन्ध

अमेरिकामा आइतबारदेखि टिकटक र विच्याटमाथि प्रतिबन्ध
काठमाडौं । आगामी आइतबारदेखि अमेरिकामा विच्याट र टिकटक एप डाउनलोडमा प्रतिबन्ध लाग्ने भएको छ ।राष्ट्रिय सुरक्षा तथा डाटा प्राइभेसीको चिनियाँ एपमाथि प्रतिबन्धको घोषणा गरेको अमेरिकाले विच्याटमाथि भने सम्पूर्ण रुपमा बन्देज लगाएको छ । टिकटक माथिको पूर्ण बन्देज चाहिँ आगामी नोभेम्बर १२ देखि लागू हुने बताइएको छ । वाणिज्य मन्त्री विल्बर रोसका अनुसार निश्चित सुरक्षाजन्य विधिहरु लागू गरेमा टिकटकचाहिँ चलाउन पाइनेछ ।एक लिखित वक्तव्य जारी गर्दै मन्त्री रोसले भनेका छन्, ‘राष्ट्रपतिको निर्...

अफ्रिकी मुलुक कङ्गोको सुन खानीमा पहिरो जाँदा कम्तीमा ५० जनाको मृत्यु

अफ्रिकी मुलुक कङ्गोको सुन खानीमा पहिरो जाँदा कम्तीमा ५० जनाको मृत्यु
किन्शासा । प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी क्षेत्रमा रहेको एउटा सुन खानीमा पहिरो जाँदा कम्तीमा ५० व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीले शनिबार बताएका छन्न । धेरै दिनको भारी वर्षापछि पहिरोको कारण दक्षिण किवु प्रान्तको कमितुगा सहरमा शुक्रबार भएको उक्त घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ। प्रान्तीय गभर्नर थेओ एनग्वाबिड्जे कासीले शनिबार बिहान एक विज्ञप्तिमार्फत् घटनाको पुष्टि गरे। उनले भने, ुपीडितहरूमध्ये केही बालबालिका र अधिकांश युवाहरु रहेका छन्। प्रान्तीय प्रशा...

प्रवासी नेपाली एकता मन्च दक्षिण अष्ट्रेलियाद्धारा नेपाली विद्यार्थीहरुलाई तालिम

प्रवासी नेपाली एकता मन्च दक्षिण अष्ट्रेलियाद्धारा नेपाली विद्यार्थीहरुलाई तालिम
अष्ट्रेलिया । प्रवासी नेपाली एकता मन्च दक्षिण अष्ट्रेलियाले त्यहाँ रहेका नेपाली विद्यार्थीहरुलाई सहयोग पुुराउने उदेश्यले विद्यार्थीहरुको रुची अनुसारको तालिम प्रदान गरेको छ । एडीलेडमा रहेका नेपाली विद्यार्थिहरुलाई विभिन्न समुहमा वर्गिकरण गरी उनिहरुको आवश्यकता र रुचीलाई अध्ययन गरी तालिम प्रदान गरेको हो । विद्यार्थीहरुका निवेदनलाई आधार मानेर भविश्यमा समेत सहज रुपमा रोजगारी प्राप्त गर्न सक्ने क्षेत्रहरुको पहिचान गरि तालिम प्रदान गरेको प्रवासी नेपाली एकता मन्च दक्षिण अष्ट्रेलियाक...

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको  निधन
काठमाडौ । भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको सोमबार साँझ निधन भएको छ।भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको दिल्लीस्थित आर्मी अस्पतालमा निधन भएको भारतीय सञ्चारसंस्थाहरुले उल्लेख गरेका छन्। आर्मी अस्पतालले सोमबार दिएको जानकारी अनुसार पूर्व राष्ट्रपति मुखर्जीको स्वास्थ्य अवस्था आइतबारदेखि पुनः नाजुक बनेको यसअघि भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका थिए।पूर्व राष्ट्रपति मुखर्जी कोमामा थिए र भेन्टिलेटरको सहायता प्रदान गरिएको थियो। उनको फोक्सोमा संक्रमण भएको थियो।अगस्ट १० मा ...

‘अमेरिकालाई चेतावनी दिन’ चीनद्वारा दुई मिसाइल प्रहार

‘अमेरिकालाई चेतावनी दिन’ चीनद्वारा दुई मिसाइल प्रहार
बेइजिङ।  बुधबार चीनले दुई वटा मध्यम दूरीमा मार हान्न सक्ने ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ। ‘अमेरिकालाई चेतावनी दिन’ उसले ‘एयरक्राफ्ट–करियर किलर’ प्रहार गरेको साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेको छ। उक्त मिसाइल दक्षिण चिनियाँ सागरमा प्रहार गरिएको हो। चीनले आफ्नो ‘नो–फ्लाई जोन’ मा अमेरिकी जासुसी विमान उडेको एकदिनपछि त्यसको प्रक्रिया स्वरूप मिसाइल प्रहार गरेको पोस्टले जनाएको छ। यसले स्पष्ट रूपमा अमेरिकालाई चेतावनी दिनकै लागि प्रहार गरिएको पोस्टले उल्लेख गरेको छ। एकदिन अघ...