×

अन्तर्राष्ट्रिय/प्रबास

विज्ञानको अर्को चमत्कारः सुँगुरको मुटु मानिसमा सफल प्रत्यारोपण

विज्ञानको अर्को चमत्कारः सुँगुरको मुटु मानिसमा सफल प्रत्यारोपण
न्युयोर्क । अमेरिकाका एक मानिसमा सुँगुरको मुटु प्रत्यारोपण भएको छ । डेभिड बेन्नेट नाम गरेका अमेरिकी नागरिकमा सुँगुरको मुटु सफलतापूर्वक प्रत्यारोपण भएको हो । वंशानुगत रुपमा परिवर्तन गरेको सुँगुरबाट मुटु प्रत्यारोपण गर्ने उनी पहिलो व्यक्ति हुन् । प्रत्यारोपणपछि उनको स्वास्थ्य अवस्था सामान्य छ । बाल्टीमोरको एक अस्पतालमा सात घन्टा लामो शल्यक्रियापछि प्रत्यारोपण सफल भएको हो । प्रत्यारोपणलाई बेन्नेटको जीवन बचाउने अन्तिम प्रयासका रुपमा लिइएको छ । उनी अब कति समयसम्म बाँच्छन भन्ने ...

अमेरिकाको एउटा अपार्टमेन्टमा आगलागी हुँदा कम्तीमा १९ जनाको ज्यान गयो

अमेरिकाको एउटा अपार्टमेन्टमा आगलागी हुँदा कम्तीमा १९ जनाको ज्यान गयो
अमेरिकाको न्युयोर्कमा रहेको एउटा अपार्टमेन्टमा आगलागी हुँदा कम्तीमा १९ जनाको ज्यान गएको छ ।ज्यान गुमाउनेमध्ये आठ जना बालबालिका छन् । ३२ जना घाइते भएका छन् ।घाइतेहरुमध्ये धेरैको अवस्था गम्भीर रहेको बीबीसीले जनाएको छ । १९ तले भवनको दोस्रो र तेस्रो तलामा आगलागी भएकोमा धुवाँले गर्दा सबै तलमा आगलागीको प्रभाव परेको छ । आगोको मुस्लो र धुवाँमा निसास्सिएर धेरैको ज्यान गएको न्युयोर्कका मेयर एरिक एडम्सलाई उदृत गर्दै बीबीसीले जनाएको छ । आगलागीको घटना ३० वर्षयताकै खराब भएको उहाँले बताउ...

भारतमा ओमिक्रोन : दिल्लीमा थप प्रतिबन्ध, सबै शैक्षिक संस्था बन्द गरिने

भारतमा ओमिक्रोन : दिल्लीमा थप प्रतिबन्ध, सबै शैक्षिक संस्था बन्द गरिने
काठमाडौं । कोभिड-१९ को नयाँ ओमिक्रोन भेरियन्टका संक्रमित बढ्न थालेपछि भारतको दिल्लीमा थप प्रतिबन्ध लगाइएको छ ।मंगलबार दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ‘ग्रेडेड रेस्पोन्स एक्शन प्लान’ लागू गरिएको जानकारी गराएका छन् । योसँगै दिल्लीमा ‘यलो अलर्ट’ जारी गरिएको छ । ‘यलो अलर्ट’ लागू भएपछि दिल्लीका सबै शैक्षिक संस्था बन्द गरिने भारतीय समाचारमाध्यमले जनाएका छन् । त्यस्तै, विवाह समारोह र दाहसंस्कारमा २० जनाभन्दा बढी भेला हुन पाउने छैनन् भने ५० प्रतिशत क्षमतामा मात्रै दिल्लीक...

अस्ट्रेलियाको सीमा खुल्यो, को-को जान पाउँछन् ?

अस्ट्रेलियाको सीमा खुल्यो, को-को जान पाउँछन् ?
काठमाडौं ।अस्ट्रेलियाले हिजोदेखि विद्यार्थी तथा भिसावाहक विदेशी नागरिकका लागि सीमा खुल्ला गर्ने निर्णय गरेको छ । दुई साताअघि नै सीमा खोल्ने निर्णय गरिएको भए पनि ओमिक्रोन भाइरसको संक्रमण देखिएसँगै स्थगन गरिएको हो । उक्त निर्णयका कारण टिकट लिएर बसेका हजारौं नेपाली विद्यार्थीसमेत प्रत्यक्ष प्रभावित बनेका थिए । त्यहाँको सरकारले हिजोदेखि अन्तर्राष्ट्रिय सीमा खोल्ने निर्णयलाई निरन्तरता दिने बताएको हो । । सरकारको यस निर्णयसँगै त्यहाँ जान नपाए नेपाली विद्यार्थीले खुसी व्यक्त गरेका...

भारतीय पूर्वसेना प्रमुख रावत चढेको हेलिकप्टर दुर्घटना

भारतीय पूर्वसेना प्रमुख रावत चढेको हेलिकप्टर दुर्घटना
नयाँ दिल्ली– भारतको तमिलनाडुमा भारतीय सेनाको हेलिकप्टर दुर्घटना हुँदा ‘चिफ अफ डिफेन्स स्टाफ’ विपिन रावतसहित १३ जनाको मृत्यु भएको छ । बुधबार दिउँसो भारतीय सेनाको आईएएफ एमआई १७ भी ५ हेलिकप्टर तामिलनाडु राज्यको कुन्नर भन्ने ठाउँमा दुर्घटना हुँदा रावतसहित १३ जनाको मृत्यु भएको भारतीय एयर फोर्सले पुष्टि गरेको छ । रावतसँगै उनकी पत्नी मधुलिका रावत र अरु ११ जनाको मृत्यु भएको भारतीय एयर फोर्सले ट्विटरमार्फत जानकारी दिएको छ ।

भारतमा एकैदिन १७ जनामा ओमिक्रोनको सङ्क्रमण पुष्टि

भारतमा एकैदिन १७ जनामा ओमिक्रोनको सङ्क्रमण पुष्टि
काठमाण्डौ -भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण फैलिन थालेको छ ।हिजो मात्रै १७ जनालाई ओमिक्रोनको सङ्क्रमण भएको पाइएको छ । योसहित भारतमा अहिलेसम्म २१ जनामा ओमिक्रोन भेरियन्ट भेटिएको छ । दक्षिण अफ्रिकाबाट फर्किएका व्यक्ति र उनीहरुको सम्पर्कमा आएकाहरुमा ओमिक्रोन भेरियन्ट देखिएको हो ।भारतका राजस्थान, जयपुर, महाराष्ट्रमा र राजधानी दिल्लीमा यो सङ्क्रमण पाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यस्तै, बेलायत, अमेरिका र अस्ट्रेलियामा पनि ओमिक्रोनको सङ्क्रमण बढ्द...

जापान र अस्ट्रेलिया बन्द, विद्यार्थी प्रभावित

जापान र अस्ट्रेलिया बन्द, विद्यार्थी प्रभावित
काठमाडौं । अस्ट्रेलिया र जापान सरकारले विदेशी विद्यार्थीलाई आवतजावतमा रोक लगाएको छ । ओमिक्रोन भाइरसको सङ्क्रमण फैलन सक्ने जोखिम बढेको भन्दै दुवै मुलुकले विद्यार्थी तथा अन्य प्रयोजनका लागि जान चाहने विदेशीलाई प्रवेशमा रोक लगाएको हो । दुवै मुलुकको निर्णयबाट नेपाली विद्यार्थी पनि प्रभावित हुने भएका छन् । दुवै मुलुक उच्च शिक्षाका लागि विदेशिन चाहने नेपाली विद्यार्थीका लागि आकर्षक गन्तव्य हो । अस्ट्रेलिया सरकारले डिसेम्बर १ तारिखदेखि लागूू हुने गरी विद्यार्थीलगायत अन्य वर्गका य...

भरतपुरकाे गोल्डेन एमिनेन्ट मार्फत अध्ययनका लागि सजिलै काेरिया जान सकिने

भरतपुरकाे गोल्डेन एमिनेन्ट मार्फत अध्ययनका लागि सजिलै काेरिया जान सकिने
चितवन । दक्षिण कोरियाको क्युङसुङ विश्वविद्यालयले नेपाली विद्यार्थीहरुको लागि पूर्ण छात्रवृत्तिको आवेदन खुला गरेको छ । १२ कक्षा उत्तीर्ण गरी आइ–एल–टिएस गरेका विद्यार्थीहरुले भरतपुर १० चितवन मेडिकल कलेज अगाडि रहेको गोल्डेन एमिनेन्ट इन्टरनेशनल प्रालिमार्फत दक्षिण कोरियाको क्युङसुङ विश्वविद्यालयमा पूर्ण छात्रवृत्तिको लागि भर्ना आवेदन दिन सक्नेछन् । गोल्डेन एमिनेन्ट इन्टरनेशनल प्रालिका प्रबन्ध निर्देशक तथा क्युङसुङ विश्वविद्यालयका नेपाल प्रतिनिधि प्रकाश रिजाल क्षेत्रीले दक्षिण ...

विश्वकप टी-२० : श्रीलंकाको दोस्रो जित, साविक विजेता वेष्ट इन्डिज बाहिरियो

विश्वकप टी-२० : श्रीलंकाको दोस्रो जित, साविक विजेता वेष्ट इन्डिज बाहिरियो
काठमाडौं । यूएईमा जारी आईसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा श्रीलंकाले दोस्रो जित हात पारेको छ ।आबुधाबीमा बिहीबार राति भएको सुपर १२ अन्तर्गतको पाँचौ खेलमा साविक विजेता वेस्ट इन्डिजलाई २० रनले हराउँदै श्रीलंकाले दोस्रो जित निकालेको हो । श्रीलंकाले वेष्ट इन्डिजलाई १९० रनको लक्ष्य दिएको थियो । वेस्ट इन्डिजले ८ विकेट गुमाउँदै १६९ रन मात्रै बनायो ।वेस्ट इन्डिजका सिमरोन हिटम्यानले सर्वाधिक ८१ रन बनाएका थिए । तर उनी एक्लैको यो स्कोरले वेस्ट इन्डिजको हार टार्न सकेन ।श्रीलंका...