नयाँ दिल्ली– भारतको तमिलनाडुमा भारतीय सेनाको हेलिकप्टर दुर्घटना हुँदा ‘चिफ अफ डिफेन्स स्टाफ’ विपिन रावतसहित १३ जनाको मृत्यु भएको छ ।

बुधबार दिउँसो भारतीय सेनाको आईएएफ एमआई १७ भी ५ हेलिकप्टर तामिलनाडु राज्यको कुन्नर भन्ने ठाउँमा दुर्घटना हुँदा रावतसहित १३ जनाको मृत्यु भएको भारतीय एयर फोर्सले पुष्टि गरेको छ । रावतसँगै उनकी पत्नी मधुलिका रावत र अरु ११ जनाको मृत्यु भएको भारतीय एयर फोर्सले ट्विटरमार्फत जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया