काठमाडौं । नविल बैंकले साइकल किन्न लोन दिने भएको छ। पछिल्लो समय व्यायाम हलहरु बन्द भएको र मान्छेहरु आफ्नो स्वास्थ्य प्रति धेरै चेतनशिल भएको कारण यो योजना ल्याइएको बैंकका सूचना अधिकारी सुरेश त्रिपाठीले जानकारी दिनुभयो ।
त्रिपाठीकाअनुसार यो योजनाको लागि ग्राहकले बैंकबाट क्रेडिट कार्ड अनिवार्य लिएको हुनु पर्ने छ। यो योजना अन्तर्गत ग्राहकले २ लाखसम्मका साइकल खरिद गर्दा डाउन पेमेन्ट गर्नु पर्ने छैन र ब्याज पनि लाग्ने छैन।
‘२ लाखभन्दा महंगो साइकल खरिद गरेको खण्डमा २ लाखभन्दा जति धेरै हुन्छ त्यति डाउन पेमेन्ट गरेर खरिद गर्न सक्नुहुनेछ,’ बैंकका सूचना अधिकारी त्रिपाठीले भन्नुभयाे । उहाँका अनुसार साइकलको मूल्यलाई १८ महिनामा भाग लगाएर सोही अनुसार मासिक किस्ता तिर्न सकिने छ। यो योजनाले साइकल किन्न चाहाने तर एकै पटक पैसा तिर्न अप्ठेरो हुनेहरुलाई सहज हुने बैंकको विश्वास लिएको छ ।



उज्यालो खबर




