×

 

काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ग्लोबल आइएमई बैंकको बोनस शेयर सूचीकृत भएको छ । आइतबार ग्लोबल आइएमई बैंकको ५.५० प्रतिशत बोनस शेयर सूचीकृत भएको हो ।यस बैंकको एक करोड ९८ लाख ७० हजार ८२३ कित्ता शेयर सूचीकृत भएको हो ।

त्यस्तै, छिमेकी लघुवित्त वित्तीय संस्थाको ८ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । यस संस्थाको २३ लाख ८१ हजार ७३७ कित्ता शेयर सूचीकृत भएको हो ।उक्त सूचीकृत शेयर सम्बन्धित सेयर धनीको हित ग्राही खातामा आएपछि खरिदबिक्री गर्न सकिने नेप्सेले जनाएको छ ।

तपाईको प्रतिक्रिया