×

चितवन । चितवन अटोमोवाईल डिलर्स एसोशियशन(काडा) को आयोजनामा काडा अटो एक्स्पोमा पहिलो दिनमै १९ वटा गाडीको बुकिङ्ग भएको र सातवटा मोटरसाइकल बिक्री भएका छन ।बुधबार देखि चितवन एक्स्पो सेन्टरमा शुरु भएको काडा एक्स्पोमा गाडी किन्ने ग्राहहको उल्लेखनीय सहभागिता देखिएको हो । काडाका अध्यक्ष राजन पियाले गाडी र मोटरसाइकल बुकिङ्ग गर्ने र मोटरसाइकल किन्ने उत्साहजनक सहभागिता रहेको जानकारी दिए ।

‘एकैदिन हाम्रो एक्स्पोबाट १९ वटा गाडीको बुकिङ्ग भएको र सातवटा मोटरसाइकल बिक्री पनि भईसकेका छन, अध्यक्ष पियाले भने, एकजार बढीले त अवलोकन गरिसके ।’ उनले मुख्य गरी बीवाइडी, नेटा , सिट्रोन, ह्यन्डाई अमोडा लगायतका कम्पनीका गाडीहरुको बुकिङ्ग बढी भएको बताए ।बुधबार रेनु दाहालको प्रमुख आतिथ्यतामा काडा एक्सपोको उद्धघाटन भएको थियो । बिहीबार देखि थप ग्राहकहरु आउने समेत उनले बताए ।

चितवन उद्योग संघसँगको सहकार्यमा चितवन प्रदशनी केन्दमा अटोमोवाईल व्यवसायको प्रवद्र्धन तथा व्यवस्थापन गर्ने उद्देश्यका साथ असोज १६ गतेदेखि असोज १९ गतेसम्म एक्स्पोको आयोजना गरिएको हो ।एसी सहितको वातानुकुलित चितवन प्रदर्शनी केन्द्रको हलमा आयोजना हुने मेलामा साना ठुला गरी २१ वटा कार, जिप, मोटरसाइकल र स्कुटर लगायतका सवारी साधानहरुको स्टल रहेका छन । जिप र माइक्रोको करिव ५ वटा स्टल र प्रर्दशनी हल वाहिरको चौरमा टेन्ट भित्र समेत स्टलहरु राखिएको छ ।

एक्स्पो अवधिमा आउने ग्राहकहरुलाई स्पोर्टमै फाईनान्स तथा इन्स्योरेन्स सेवा उपलव्ध गराईएको छ । एक्स्पोमा करिव चालिस हजार जनाले अवलोकन गर्ने अनुमान गरिएको छ । एक्स्पोको अवधिमा गाडी किन्ने ग्राहकहरुलाई कम्पनीहरुबाट आर्कषक स्कीम तथा छुटको व्यवस्था समेत गरिएको छ ।

मेला अवधिभर गाडी बुकिङ गर्ने गाहकहरु मध्येवाट लक्की ड्र मार्फत तिन जनालाई आकर्षक उपहारको व्यवस्था गरिने छ । एक्स्पोमा सवारी साधानका साथै बैंक तथा इन्स्योरेन्सका समेत स्टल रहने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया