काठमाडौं । गत आर्थिक वर्षको ११ महीनामा वाणिज्य बैंकहरूले कुल रू.६७ अर्बभन्दा बढी नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्याङ्क अनुसार गत आवको साउनदेखि जेठसम्ममा २१ वाणिज्य बैंकले कुल रू। ६७ अर्ब २३ करोड नाफा कमाएका हुन् ।
सर्वाधिक नाफा कमाउनेमा नबिल बैक छ । नबिलले ११ महीनामा रू. ७ अर्ब ११ करोड नाफा कमाएको छ । यो सूचीमा दोस्रोमा ग्लोबल आइएमई बैंक छ । ग्लोबलले रू. ६ अर्ब ५० करोडभन्दा बढी नाफा कमाएको हो ।
यसैगरी राष्ट्रिय वाणिज्य बैंक, एनआइसी एशिया बैंक र राष्ट्रिय वाणिज्य बैंकले रू. ४ अर्बभन्दा बढी नाफा कमाएका छन् ।
२१ वाणिज्य बैंकमध्ये सबैभन्दा कम नाफा कृषि विकास बैंकको छ । कृषि विकासले समीक्षा अवधिमा रू. १ अर्ब ५६ करोड नाफा कमाएको छ ।
कृषि विकाससँगै लक्ष्मी बैंक, माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक इन्टरनेशनल र सनराइज बैंकको नाफा १ अर्बभन्दा माथि छ । वैशाखसम्ममा यी बैंकहरूले कुल रू। ५७ अर्ब १६ करोड नाफा कमाएका थिए । यस आधारमा वैशाखको तुलनामा जेठमा बैंकहरूको नाफामा वृद्धि भएको छ ।



उज्यालो खबर




