×

नवलपुर । । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा गत आर्थिक वर्षमा रु. २६ अर्ब भन्दा धेरै राजश्व संकलन भएको छ । आन्तरिक राजश्व कार्यालय कावासोतीले आर्थिक वर्ष २०७९/०८० मा रु. २६ अर्ब ३१ करोड १२ लाख ७४ हजार राजश्व संकलन गरेको प्रमुख कर अधिकृत ज्ञानहरि पन्थीले बताउनुभयो ।
कार्यालयले सबैभन्दा धेरै अन्तशुल्क तर्फ रु. २५ अर्ब १६ करोड ९१ लाख १६ हजार राजश्व संकलन गरेको छ । आयकर तर्फ रु. ६३ करोड ९८ लाख ५५ हजार, मूल्य अभिवृद्धि कर रु. ३८ करोड २५ लाख ६५ हजार , व्याज रु. ६ करोड १३ लाख ७३ हजार, स्वास्थ्य सेवा तर्फ रु. ४ करोड ३० लाख २० हजार, घर बहाल कर तर्फ रु. १ करोड ५३ लाख ४४ हजार राजश्व संकलन भएको प्रमुख कर अधिकृत पन्थीले जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०७९/०८० मा आन्तरिक राजश्व कार्यालय कावासोतीलाई कुल रु. ३२ अर्ब १२ करोड ९३ लाख ६१ हजार राजश्व सङ्कलनको लक्ष्य प्रदान गरिएको थियो ।

तपाईको प्रतिक्रिया