×

चितवन ।  प्रेस चौतारी चितवनले स्थापना गरेको पत्रकार कल्याणकारी कोषमा राष्ट्रिय समाचार समितिका सिनियर रिर्पोटर प्रकाश सिलवालले नगद दश हजार आर्थिक सहयोग गरेका छन् । शिक्षा पत्रकार समाजका केन्द्रीय अध्यक्षसमेत रहेका सिलवालले प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितलाई सो रकम हस्तान्तण गरेका हुन् । पत्रकार सिलवालले चौतारी चितवनले समस्यामा पर्न सक्ने पत्रकारलाई सहयोग गर्ने उद्देश्यले कोषको स्थापना गरेकोले आफ्नो तर्फबाट सानो भए पनि सहभागीता जनाएको बताए ।

प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य सिलवालले पत्रकारहरुको पेशागत हकहित, पत्रकारिता क्षेत्रको विकासमा टेवा पु¥याउन तथा संस्थागत उन्नयमा कल्याणकारी कोषले महत्वपूर्ण भूमिका खेल्ने विश्वास ब्यक्त गरे ।प्रेस चौतारी चितवनका अध्यक्ष पण्डितले अग्रज पत्रकार सिलवालले गरेको आर्थिक सहयोगले संगठनको उद्देश्य प्राप्तिमा थप हौसला मिलेको भन्दैं सन्देशका हिसावले महत्वपूर्ण भएको बताए ।

चौतारी चितवनका अध्यक्ष पण्डितका अनुसार पत्रकारिता पेसामा निरन्तर लागिरहेका पत्रकारहरुलाई असहज अवस्था सिर्जना हुँदा आर्थिक रुपमा सहयोग गर्ने, उत्कृष्ट कार्य गरे वापत पुरस्कार तथा सम्मान गर्ने र संगठनलाई चलायमान बनाउने मुख्य उद्देश्य राखेर उक्त कोष स्थापना गरिएको हो । कोषमा हालसम्म ७५ हजार १ सय ५५ रकम संकलन भैसकेको छ ।

प्रेस चौतारी चितवनले पत्रकारलाई स्वास्थ्य उपचारमा सहयोग पु¥याउन, संगठन सुदृढिकरण र पत्रकारहरुको क्षमता अभिबृद्धि गर्न, पत्रकारहरु बिरामी वा दुर्घटनामा परी उपचार गर्नुपर्ने अवस्थामा आर्थिक सहयोग गर्न कोष स्थापना गरेको हो । साथैं चौतारीमा आवद्ध कुनै सदस्यको मृत्यु भएमा कोषबाट आर्जित व्याज तथा अन्य सहयोगबाट २० हजार रुपैयाँ सहयोग गर्ने कल्याणकारी कोष कार्यविधीमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया