×

चितवन – भरतपुर–२ स्थित फोर्ब्स कलेजमा Certified Ethical Hacker (CEH) कार्यक्रमअन्तर्गत Intensive Ethical Hacking Boot Camp सफलतापूर्वक सम्पन्न भएको छ। एकसाता सम्म सञ्चालन भएको यो विशेष तालिमले विद्यार्थीहरूलाई साइबर सुरक्षा र नैतिक ह्याकिङ सम्बन्धी व्यवहारिक ज्ञान प्रदान गरेको थियो।

BCS.IT (Cybersecurity) कार्यक्रमलाई केन्द्रमा राखेर आयोजना गरिएको उक्त तालिम फोर्ब्स कलेजमा अध्ययनरत BCS.IT, BHM र BBA विद्यार्थीहरूका लागि अत्यन्त उपयोगी भएको कलेज प्रशासनले जनाएको छ।

वि.सं. २०७४ देखि नै साइबर सेक्युरिटी शिक्षामा विशेषज्ञता प्रदान गर्दै आएको फोर्ब्स कलेज हाल चितवन तथा नवलपुर क्षेत्रमा EC-Council को एकमात्र आधिकारिक शैक्षिक साझेदार (Academia Partner) हो। यही क्षमताको निरन्तरताका रूपमा CEH Boot Camp आयोजना गरिएको हो।

तालिमका क्रममा विद्यार्थीहरूले वास्तविक जीवनमा देखापर्न सक्ने साइबर खतराहरूको विश्लेषण, नैतिक ह्याकिङ प्रविधिको प्रयोग, र नेटवर्क सुरक्षासम्बन्धी व्यावहारिक अभ्यास गर्ने मौका पाए। कार्यक्रमपछि विद्यार्थीहरूले साइबर सुरक्षालाई भविष्यको करियरको रूपमा हेर्न थालेको प्रतिक्रिया दिएका छन्।

फोर्ब्स कलेजले आगामी दिनमा पनि यस्ता उच्चस्तरीय प्राविधिक तालिमहरू सञ्चालन गर्दै जाने प्रतिबद्धता जनाएको छ। कलेज प्रशासनका अनुसार व्यवहारिक शिक्षामार्फत विद्यार्थीहरूको क्षमता अभिवृद्धि गर्ने प्रयासलाई निरन्तरता दिइनेछ।

तपाईको प्रतिक्रिया