×

रत्ननगर- चितवनको पर्यटकीय नगरी सौराहामा रहेको बाघमारा मध्यवर्ती सामुदायिक वनको अध्यक्षमा भूवनेश्वर चौधरी(विपी) निर्वाचित भएका छन् ।नौं वटा टोलबाट निर्वाचित भएका परिषद् सदस्यहरुबाट अर्को चरणको निर्वाचन गरी अध्यक्ष सहित पदाधिकारी, सदस्य, लेखा समिति संयोजक र सदस्य चयन गरिएको हो ।

कार्यसमितिको उपाध्यक्षमा असरमिया चौधरी, सचिवमा मीना चौधरी, कोषाध्यक्षमा टीकाराम खनाल(ध्रुव) र सदस्यहरुमा रामसिंह महतो, सीताराम महतो, वाङछिरिङ तामाङ, लोकबहादुर तामाङ,सोमबहादुर तामाङ,फुलमाया श्रेष्ठ, इन्दिरा अधिकारी, सन्तमाया तामाङ, मन्चोरिया कुमारी महतो,शान्तादेवी आचार्य र उर्मिला सुनार विक निर्वाचित भएको निर्वाचन संयोजक दुर्गाप्रसाद घिमिरेले जानकारी दिए।लेखा समिति संयोजकमा रामशरण सिलवाल र सदस्यहरुमा दीपेन्द्र श्रेष्ठ, अमोद पोखरेल चयन भएका छन् ।

तपाईको प्रतिक्रिया