×

 

 

चितवन – शैक्षिक परामर्श संस्था ग्लोबल रिच एजुकेशन कल्सल्टेन्सीले शैक्षिक मेला ‘अष्ट्रेलिया एजुकेशन फेयर’ सम्पन्न गरेको छ । आज भरतपुर ओरालो स्थित रोटरी भवनको चौथो तलामा रहेको आफ्नै कार्यालय परिसरमा मेला सम्पन्न भएको हो ।

शैक्षिक मेला उच्च शिक्षा अध्ययनको लागि अष्ट्रेलिया जान इच्छुक विद्यार्थीहरुलाई लक्षित गर्दै आयोजना गरिएको थियो । बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म सञ्चालन भएको मेलामा ३ सय भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको ग्लोबल रिचका चितवन प्रबन्धक सुरेश पौडेलले जानकारी दिए ।

ग्लोबल रिच पुरानो र स्थापित शैक्षिक संस्था भएकोले विद्यार्थी तथा अभिभावकको शैक्षिक मेलामा उत्साहजनक सहभागिता रहेको उनले बताए । मेलामा चितवन, नवलपरासी, मकवानपुर लगायतका विद्यार्थीहरु सहभागी भएका थिए ।हरेक बर्ष जस्तै यसपटक पनि अष्ट्रेलिया अध्ययन गर्न जाने विद्यार्थीलाई युनिभर्सिटीका प्रतिनिधिसंँग प्रत्यक्ष परामर्श दिने उद्धेश्यसहित शैक्षिक मेला आयोजना गरिएको उनले बताए ।

विद्यार्थीहरुले पछिल्लो समय अष्ट्रेलियन सरकारले गरेको भिषाको पोलिसी, मापदण्ड, त्यहांँको अवस्था, काम, अवसर र चुनौतिको बारे युुनिभर्सिटीका प्रतिनिधिसंँग जिज्ञासा राखेका थिए ।मेलामा अष्ट्रेलियाका प्रख्यात युनिभर्सिटी तथा कलेजका ९ जना प्रतिनिधिले परामर्श दिएका थिए । युनिभर्सिटीका प्रतिनिधिले विद्यार्थीलाई उपयुक्त परामर्श, युनिभर्सिटीमा सहजीकरण, स्कलरसिप र अफरलेटरमा सहजीकरण लगायतका बिषयमा जानकारी गराएका थिए ।

ग्लोबल रिचले विगत ३३ बर्षदेखि विद्यार्थीलाई सेवा दिंँदै आईरहेको छ भने विगत १८ बर्षदेखि नेपालमा सेवा दिईरहेको छ । ग्लोबल रिचको नेपालमा मात्र काठमाडौं, बुटवल, पोखरा, चितवन गरी चारवटा शाखा छन भने भारत, बंगलादेश, भुटान, श्रीलंका, अष्ट्रलियाका देशहरुमा गरी कुल ४२ वटा शाखा शाखा सञ्चालनमा छन् ।

संस्थाले उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया, क्यानडा, वेलायत लगायतका विभिन्न देश जान चाहने विधार्थीहरुलाई शैक्षिक परामर्श, भर्ना प्रक्रिया सहजिकरण, भिसा आवेदनमा सहयोग गर्नुका साथै आइएलटिएस र पिटीईका कक्षाहरु सञ्चालन गरिरहेको छ।

तपाईको प्रतिक्रिया