×

भरतपुर । मिसन रेड अभियानको आयोजना एवं जनस्वास्थ्य कार्यालय चितवन, रोटरी क्लब अफ चितवन, जिल्ला ट्राफिक कार्यालय चितवनलगायत विभिन्न संघसंस्थाहरुको सहकार्यमा रक्तदानसम्बन्धी सचेतना फैलाउने उद्देश्यले स्टिकर तथा व्यानर टास्ने कार्यक्रम सम्पन्न भएको छ ।

भरतपुर–१० चौबिसकोठी चोकमा सञ्चालित कार्यक्रम मिसन रेडका संयोजक अर्जुन अधिकारीको अध्यक्षता एवं बागमती प्रदेशका पूर्व सामाजिक विकास मन्त्री विजय सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । सो अभियानका अवसरमा लोकल तथा लामो दूरीका सवारी साधनहरुमा छ सयवटा साना ठूला स्टिकर टाँस गरिएको थियो ।

मिसन रेड अभियानमार्फत डिजिटल प्लेटफर्मबाट पनि सचेतनामूलक कार्यक्रमहरु सञ्चालन भइरहेको छ । देशभर देखिएको चरम रक्तअभाव समाधान गर्न एसडी फाउन्डेसनले ब्लड डोनर्स सोसाइटी नेपालको सहकार्यमा २०८१ देखि सो अभियान सञ्चालन गरेको हो ।

मिसन रेडले हालसम्म थुप्रै रक्तदान कार्यक्रम हरु तथा सचेतनामूलक कार्यक्रमहरु सम्पन्न गरिसकेको साथै पौष १९ गते भरतपुर अस्पताल परिसरमा मेरो पहिलो रक्तदान कार्यक्रम आयोजना गरेको अध्यक्ष अधिकारीले जानकारी दिए ।

कार्यक्रममा जनस्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य अधिकृत गुरु कँडेललगायत विभिन्न संघसंस्थाका अध्यक्ष एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया