×

चितवन –  ए आई ग्रुप अफ कम्पनीद्धारा उत्पादित युपीभीसी रुफिङ, सिमेन्ट बोर्ड, टी ग्रीड, च्यानल, जिप्सन बोर्ड र सिमेन्टबोर्डको भरतपुरमा एक समारोहका विच लञ्चीङ गरिएको छ ।एआई ग्रुप अफ कम्पनी मातहत रहेका एआई बिल्डीङ्स, एआई इन्ड्रस्टिज र आकृति इन्टरनेशनलले बजारमा ल्याएका उत्पादनहरुको लञ्चीङ गरिएको हो ।

एआई ग्रुप अफ कम्पनीका अध्यक्ष नवराज रावतको अधयक्षता तथा निर्देशक किरणकुमार श्रेष्ठको आतिथ्यतामा भएको कार्यक्रममा भरतपुर र यस आसपासका डिलर तथा फेब्रीकेटर्सहरुको सहभागिता रहेको थियो ।

चितवनको खैरहनीमा आजभन्दा सातवर्ष अघि स्थापना भएको कम्पनीले विभिन्न उत्पादनहरु बरमा ल्याएको छ । कार्यक्रममा बोल्दै कम्पनीका अध्यक्ष नवराज रावत र निर्देशक किरणकुमार श्रेष्ठले विभिन्न प्रोडक्टहरुको बारेमा जानकारी गराउनु भएको थियो ।

तपाईको प्रतिक्रिया