×

चितवन- कवि विपिन पाठकको पहिलो कवितासंग्रह ‘मरुभूमिमा वासन्ती याम’ लोकार्पण गरिएको छ । माडी साहित्य परिवारको सचिव समेत रहेका पाठकको कवितासंग्रह शुक्रवार माडीको पर्यटकीय स्थल रेडहिल पार्कमा एक कार्यक्रमका बीच लोकार्पण गरिएको हो ।

चितवन, मकवानपुर र नवलपरासीका साहित्यकारहरुको उपस्थितीमा माडी नगरपालिका प्रमुख ताराकुमारी काजी महतो, कवि भूपिन लगायतले कृतिको लोकार्पण गरेका हुन् ।माडी साहित्य परिवारका अध्यक्ष चन्द्रमणि महतोको अध्यक्षता भएको उक्त कार्यक्रममा कवि पाठकका बुबा बालकृष्ण पाठक र आमा पार्वती पाठक पनि सहभागी थिए ।

कवि पाठकको व्यक्तित्व एवं कृतिबारे डा धनेश्वर भट्टराईले चर्चा गरेका थिए भने प्रेम रिमाल, रामप्रसाद न्यौपाने, प्रकाश चापागाईं, पुरुषोत्तम आचार्य लगायतले शुभकामना व्यक्त गरे । इन्डिगो इन्क प्रालि काठमाडौंबाट प्रकाशित सो कविता संग्रहमा ४० वटा कविता समेटिएका छन् ।

तपाईको प्रतिक्रिया