×

चितवन- चितवनमा नेपाल विद्युत प्राधिकरणको ३९ औँ वार्षिकोत्सव मनाइएको छ । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्र र पोखरा भरतपुर वितरण प्राणाली सुदृढीकरण आयोजनाले आज भरतपुरमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरि वार्षिकोत्सव मनाएको हो ।

सो अवसरमा ७९ जनाले रक्तदान गरेको पोखरा भरतपुर वितरण प्राणाली सुदृढीकरण आयोजनाका इन्जिनियर राजेन्द्र पौडेलले जानकारी दिनुभयो । बढ्दो रगतको अभावलाई ध्याद दिँदै रक्तदानको आयोजना गरिएको पौडेलले बताउनुभयो । चितवनमा रगतको अभाव भइरहन्छ ।

विशेष गरी असार, साउन महिनामा जिल्लामा बढी मात्रामा रगतको अभाव हुने रेडक्रसले बताउने गर्दछ । यहाँ भरतपुर अस्पताल, क्यान्सर अस्पताल, चितवन मेडिकल कलेज, भरपतुर मेडिकल कलेज जस्ता ठुल्ल ठुला अस्पतालमा रगतको खपत बढी हुने गर्दछ ।

तपाईको प्रतिक्रिया