×

चितवन । चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ७ मा अवस्थित श्री चण्डेश्वरी राष्ट्रिय आधारभूत विद्यालयका विद्यार्थीहरुका लागि स्टेशनरी वितरण गर्नुका साथै निशुल्क कपाल काट्ने कार्यक्रम सोमबार सम्पन्न भएको छ ।

भरतपुर महानगरपालिका वडा नं. १० सीजी ल्याण्डमार्कमा अवस्थित पपुलर युनिसेक्स शैलुन र त्यहाँ कार्यरत प्रशिक्षार्थीहरुको सहयोगमा विद्यार्थीहरुको निशुल्क कपाल काट्नुका साथै स्टेशनरी सामाग्री सहयोग गरिएको हो ।

विद्यालयमा रहेका ५५ जना विद्यार्थीहरुको कपाल काट्नुका साथै ९१ जना  विद्यार्थीहरुलाई स्टेशनरी सामाग्री उपलव्ध गराइएको पपुलर युनिसेक्स शैलुनका निर्देशक रामप्रसाद सिग्देलले जानकारी दिनुभयो । पपुलरमा तालिम लिइरहेका प्रशिक्षार्थी विद्यार्थीहरुले आफ्नो खाजा खाने रकम कटाएर सो विद्यालयका विद्यार्थीहरुलाई स्टेशनरी सामाग्री सहयोग गरेका हुन् ।

निशुल्क हेयर कटिङ तथा स्टेशनरी सहयोग कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धन बहादुर गुरुङ, विद्यालयका प्राचार्य निशा गुरुङ लगायतको उपस्थििति रहेको थियो । कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुरुङले आफ्नो विद्यालयसम्म आएर विद्यार्थीहरुको कपाल काट्नुका साथै स्टेशनरी सामग्री सहयोग गरेको भन्दै खुसी व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया