चितवन । चितवनको भरतपुरमा रहेको वाल्मीकी शिक्षा सदनले कक्षा ११ का भर्ना आह्वान खुल्ला गरेको छ । भरतपुर महानगरपालिका वडा नं. ४ मा अवस्थित वाल्मीकी शिक्षा सदनले शैक्षिक सत्र २०८१/८२ का लागि भर्ना आह्वान गरेको हो ।
वाल्मीकीले कक्षा ११ मा विज्ञान, व्यवस्थापन र होटल म्यानेजमेन्ट विषयहरुमा नयाँ भर्नाका लागि आवेदन खुलेको जनाएको छ । असार १४ गतेदेखि असार १८ गतेसम्म कलेजको लेखा शाखाबाट फारम वितरण गरिने र असार १९ गते विहान ७ वजे प्रवेश परिक्षा हुने भन्दै समयमै सिट सुरक्षित गर्न समेत वाल्मीकीले अनुरोध गरेको छ ।
वाल्मीकीका विद्यार्थीहरु राष्ट्रिय परीक्षा बोर्डले लिने कक्षा ११, १२ को परीक्षामा उत्कृष्ट नतिजाका साथ नेपाल प्रथम , द्वितिय र जिल्ला प्रथम , द्वितिय जस्ता सफलता प्राप्त गर्नुका साथै Physics, Mathematics , Economics जस्ता विषयका राष्ट्रिय तथा अन्तराष्ट्रिय ओलम्प्याडमा प्रतिनिधित्व गर्दै प्रथम स्थान प्राप्त गर्न सफल भएका छन् ।




















उज्यालो खबर










