
रामेश्वर रिजाल
पुर्वीचितवन खैरहनी नगरपालिका-८ पर्सामा स्थित डेजी स्कुलका दुई विद्यार्थीले ४ जिपिए ल्याएका छन । डेजी स्कुलका ती प्रतिभाशाली विद्यार्थी हुन् आर्यन अधिकारी र सुगम गौतम ! खैरहनीबाट सहभागी विद्यालयहरुमध्ये एक मात्रै विद्यालय डेजी स्कुलले ४ जिपिए ल्याएको हो ।
विद्यार्थीको ४ जिपिएसँगै अन्य विद्यार्थीले पनि उत्कृष्ट नतिजा हासिल गरेको स्कुलका प्रिन्सिपल प्रेम रिमालले बताउनुभयो । उहाँका अनुसार स्कुलका १७ जना विद्यार्थीले ३.६ जिपिए भन्दा माथि अंक ल्याएका छन । यसबर्ष डेजी स्कुलका ११४ जना विद्यार्थी एसईई परीक्षामा सहभागी थिए ।
खैरहनी नगरपालिकाबाट ६ सामुदायिक विद्यालय र ११ संस्थागत विद्यालय एसईई परीक्षामा सहभागी भएका थिए । सामुदायिक विद्यालयहरुबाट ९८ जना एसईई परीक्षामा सहभागि विद्यार्थी रहेको खैरहनी मा। विबाट ३ जना विद्यार्थीले ३.६ जिपिए भन्दा माथि अंक ल्याउने एक मात्रै सामुदायिक विद्यालय रहेको छ । सामुदायिक विद्यालय तर्फ मा।वि गवै खैरहनीकै सबैभन्दा धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल विद्यालय बन्न सफल भएको छ ।
संस्थागत विद्यालय तर्फ ग्लोसाइन एकेडेमीबाट ७३ जना सहभागी विद्यार्थी मध्ये ३।६ जिपिए भन्दा माथि अंक ल्याएका ५ जना, त्यस्तै क्रमशः
सैनिक आ महाविद्यालयबाट ११७ जना सहभागी विद्यार्थी मध्ये ३.६ जिपिए भन्दा माथि अंक ल्याएका ३६ जना, नेपाल आदर्श शिक्षा सदनबाट ७६ जना सहभागी विद्यार्थी मध्ये ३.६ जिपिए भन्दा माथि अंक ल्याएका ७ जना, इन्टरनेशनल इ. मोडल स्कुल बाट ३५ जना सहभागी विद्यार्थी मध्ये ३.६ जिपिए भन्दा माथि अंक ल्याएका ४ जना, मेरिगोल्ड इ. बो. स्कुलबाट ३० जना सहभागी विद्यार्थी मध्ये ३.६ जिपिए भन्दा माथि अंक ल्याएका १० जना, मोर्डन इ .बो. स्कुलबाट ४२ जना सहभागी विद्यार्थी मध्ये ३।६ जिपिए भन्दा माथि अंक ल्याएका ४ जना ,ओसियन एकेडेमीबाट २० जना सहभागी विद्यार्थी मध्ये ३.६ जिपिए भन्दा माथि अंक ल्याएका २ जना, मदरल्याड इ ।बो। स्कुलबाट २९ जना सहभागी विद्यार्थी मध्ये ३।६ जिपिए भन्दा माथि अंक ल्याएका २ जना , लिटिल हेभन इ ।बो। स्कुल र ज्ञानसुधा इ ।बो। स्कुलबाट ३।६ जिपिए भन्दा माथि अंक ल्याएका कुनै विद्यार्थी छैनन् ।