×

चितवन- शैक्षिक परामर्शदाता राइटपाथ करियर काउन्सिलिङले ‘ग्राण्ड एजुकेशन कन्क्लेभ २०२४’ आयोजना गर्ने भएको छ । राजधानीस्थित पुतलीसडकमा रहेको राइटपाथले २९ वैशाख देखि ८ जेठसम्म ग्राण्ड एजुकेशन कन्क्लेभ आयोजना गर्ने भएको हो ।

राइटपथका अनुसार कन्क्लेभ काठमाडौंबाट सुरु भई देशका विभिन्न ठूला तथा मुख्य शहरहरूमा पुग्नेछ । वैशाख २९ गते काठमाडौं, ३१ गते धनकुटा, जेठ ३ गते हेटौँडा, जेठ ४ गते चितवन, ५ गते बुटवल, ६ गते दाङ र ८ गते ललितपुरमा कन्क्लेभ हुने तालिका छ ।

कन्क्लेभमा एप्लिकेसन प्रोसेसिङमा शतप्रतिशत अफर रहेको छ भने फ्रि मुभी टिकेट तथा एक्साइटिङ गिफ्ट ह्याम्फरहरूको पनि व्यवस्था गरिएको छ । त्यस्तै, अमेरिकालक्षित २५ हजारसम्मको स्कलरसिप अफरदेखि ६ हजार लाग्ने आईएएल्स २ हजार ८१ रुपैयाँमै गर्न सकिने व्यवस्था गरिएको छ ।

साथै २० भन्दा धेरै ख्यातिप्राप्त विश्वविद्यालयका प्रतिनिधिहरूलाई विद्यार्थीहरूले एकै छानामुनि भेट्न सकिने राइटपथले जनाएको छ ।

तपाईको प्रतिक्रिया