गैँडाकोट । तेस्रो मेयर कप टी २० क्रिकेट प्रतियोगिता जितेका खेलाडीहरुलाई गैँडाकोट नगरपालिका वडा नं. ४ ले बिहिवार सम्मान गरेको छ । माघ २७ गतेदेखि फागुन ३ गतेसम्म सञ्चालन भएको तेस्रो वडा स्तरीय मेयर कप टी २० क्रिकेट प्रतियोगिताका विजेता खेलाडीहरुलाई वडा कार्यालयलले सम्मान पत्र र खादाले सम्मान गरेको हो ।खेलमा उत्कृष्ट प्रर्दशन गर्दै खेल जितेर वडाको नाम राखेको भन्दै खेलमा सहभागि सबै खेलाडीहरुलाई सम्मान पत्र प्रदान गर्नुका साथै खादा र अविर लगाएर सम्मान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि तत्कालिन गैँडाकोट गाविसका उपाध्यक्ष टोलनाथ घिमिरेले मेयर कप क्रिकेटमा खेलाडीहरुले राम्रो प्रर्दशन गर्दै उपाधि रक्षा गरेकोमा बधाई दिदै आगामी दिनमा समेत खेलमा सफलता मिलोस भन्दै शुभकामना ब्यक्त गर्नुभयो ।वडाअध्यक्ष तेजप्रसाद घिमिरेले अन्य वडाहरुलाई पछि पार्दै मेयरकप क्रिकेटको उपाधि आफ्नो वडाले जितेकोमा गौरवको अनुभुति भएको बताउनुभयो । खेल र खेलाडीहरुको विकासको लागि वडाले आगामी दिनमा जस्तोसकुै सहयोग गर्नपरेपनि आफुहरु तयार रहेको उहाँले बताउनुभयो ।
गैँडाकोट नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष तेजप्रसाद घिमिरेको अध्यक्षता तथा तत्कालिन गैँडाकोट गाविसका उपाध्यक्ष टोलनाथ घिमिरेको प्रमुख आतिथ्यतामा भएको सम्मान कार्यक्रममा गण्डकी प्रदेश क्रिकेटसंघका उपाध्यक्ष प्रकाश पौडेल, गैँडाकोट खेलकुद समितिका अध्यक्ष लक्ष्मण कार्की, वडा सदस्यहरु इन्द्रकला घिमिरे, शान्ता घर्ती, धनमाया परियार, हरि पौडेल वडा नं. ४ का सचिव बेदनाथ दाहाल लगायत अतिथिहरु रहनु भएको थियो । कार्यक्रमको सञ्चालन र सहजीकरण गैँडाकोट वडा नं. ४ का वडा सदस्य हरि पौडेलले गर्नुभएको थियो ।




















उज्यालो खबर









