काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ ।बैठक बिहान साँढे ११ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने भएको हो ।
आजको बैठकमा विधान अधिवेशनलगायत विषयमा छलफल हुने पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।उनका अनुसार बैठकले असार ९ गते बस्ने केन्द्रीय समितिको बैठकका कार्यसूची तय गर्नुका साथै समसामयिक राजनीतिलगायत विषयमा छलफल हुनेछ ।



उज्यालो खबर




