×

चितवन । भरतपुर महानगरले सञ्चालन गर्न लागेको प्रथम मेयर कप प्रतियोगिता सञ्चालनमा आफूहरुसँग कुनै छलफल र परामर्श नगरेको भन्दै नेपाल सितोरियो कँराते डो संघ भरतपुरले आपत्ति जनाएको छ । संघले जारी गरेको ध्यानाकर्षण पत्रमा महानगरले प्रथम मेयर कपमा समावेश गरेको कराँते खेलको बारेमा छलफल नगरिएको भन्दै आपत्ति जनाएको हो ।

भरतपुरकी मेयर रेनु दाहाललाई ध्यानाकर्षण गरिएको पत्रमा संघ महानगरमा सूचिकृत रहेको जानकारी गराउँदै नगर खेलकुदको अध्यक्षलगायत केही सिमित व्यक्तिको लाभको लागि सूचिकृत संघसँग कुनै समन्वय नगरिएको आरोप लगाइएको छ ।

प्रतियोगितामा अवैधानिक क्रियाकलाप गरिएको देखिएको हुदा उक्त प्रतियोगितामा भइपरि आउने अनैतिक क्रियाकलाप र जालसाँझीमा नेपाल सितेरियो कँराते डो संघ भरतपुरको कुनै जिम्मेवारी र संलग्नता नरहने ध्याकर्षण पत्र मार्फत अध्यक्ष राजन कार्कीले बताएका छन् ।

तपाईको प्रतिक्रिया