×

Month: September 2022

स्वास्थ्य कार्यालय लमजुङ प्रदेश प्रथम,नवलपुर तेस्रो स्थानमा

स्वास्थ्य कार्यालय लमजुङ प्रदेश प्रथम,नवलपुर तेस्रो स्थानमा
नवलपुर । गण्डकी प्रदेशका जिल्लाका स्वास्थ्य कार्यालयहरुलाई पछाडि पार्दै जिल्ला स्वास्थ्य कार्यालय लमजुङ प्रथम र स्वास्थ्य कार्यालय म्याग्दी द्धितीय भएका छन् । गतवर्ष प्रथम भएको नवलपुरले तेस्रो स्थानमा चित्त बुझाएको छ । स्वास्थ्य कार्यालय लमजुङ कार्य सम्पादनका हिसावले प्रदेशको उत्कृष्ट प्रथम कार्यालयको रुपमा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराको आव २०७८.७९ को बार्षिक समिक्षा कार्यक्रममा स्वास्थ्य कार्यालय लमजुङले ८३.८ प्र...

निजामती दिवसका अवसरमा महाशिला गाउँपालिकाका १० कर्मचारी सम्मानित

निजामती दिवसका अवसरमा महाशिला गाउँपालिकाका १० कर्मचारी सम्मानित
पर्वत । १९ औं निजामती सेवा दिवसका अवसरमा पर्वतको महाशिला गाउँपालिकाले गाउँपालिका कार्यालय, वडा कार्यालय र स्वास्थ्य संस्थामा कार्यरत १० जना कर्मचारीलाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरेको हो । गाउँपालिका कार्यालय,  वडा कार्यालय र  स्वास्थ्य संस्थामा कार्यरत १० कर्मचारीहरुलाई नगद ५ हजार रुपैँया र प्रमाणपत्रले सम्मान गरिएको महाशिला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद पराजुलीले जानकारी दिनुभयो । गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भूसाल र प्रमुख प्रशासकीय अधिकृ...

प्रमुख प्रशासकीय अधिकृत सुवेदीलाई वर्ष २०७८ को उत्कृष्ट निजामती सेवा पुरस्कार प्रदान

प्रमुख प्रशासकीय अधिकृत सुवेदीलाई वर्ष २०७८ को उत्कृष्ट निजामती सेवा पुरस्कार प्रदान
निर्मल पाैडेल चितवन । चितवनको रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीलाई वर्ष २०७८ मा घोषित उत्कृष्ट निजामती सेवा पुरस्कार आज प्रदान गरिएको छ । गतवर्ष उत्कृष्ट निजामती सेवा पुरस्कार प्राप्त गर्न सफल उहाँलाई प्रधानमन्त्री शेर बहादुर देउवाले निजामती सेवा दिवसको अवसरमा आज एक समारोहका विच सिहंदरवारमा सम्मान गर्नुभएको हो । म्याग्दीको बेनी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत रहँदा सुवेदीलाई सरकारले उत्कृष्ट निजामती कर्मचारीको रुपमा छनौट गरेको...

निजामती सेवा दिवसको अवसरमा गैँडाकाेटमा रक्तदान

निजामती सेवा दिवसको अवसरमा गैँडाकाेटमा रक्तदान
गैँडाकोट । गैँडाकोट नगरपालिकाले निजामती सेवा दिवसको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ३६ जनाले रक्तदान गरेका छन् ।बुधवार नगरपालिका परिसरमा आयोजित २४  पुरुष र १२ जना  महिलाले रक्तदान गरेको प्रमुख प्रशाासकीय अधिकृत मुक्तिराम रिजालले बताए । रक्तदान गर्दा शरीरमा नयाँ रगत निर्माण हुने र शरीर स्वस्थ हुने गर्दछ । रक्तदान नै जीवन दान भएकाले रक्तदान जस्ताे पुण्य कार्यबाट रगतको अभाव पूरा गर्नका लागी सबैले रक्तदान गर्नुपर्ने नगर प्रमुख  मदनभक्त अधिकारीले बताए । कार्यक्रममा नगरप...

‘सन्दीप लामिछानेले भक्तपुरमा घुमाए, राति काठमाडौं ल्याएर बलात्कार गरे’

‘सन्दीप लामिछानेले भक्तपुरमा घुमाए, राति काठमाडौं ल्याएर बलात्कार गरे’
काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा प्रहरीसमक्ष किटानी दर्ता भएको छ ।प्रहरी वृत्त गौशालामा बुधबार लामिछानेविरुद्ध किटानी जाहेरी दर्ता भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख भरतबहादुर बोहोराले बताए । आफ्ना एक साथीसँग गौशाला पुगेकी पीडितले आफूलाई कप्तान लामिछानेले दुईपटक बलात्कार गरेको गौशालाका प्रहरीसमक्ष बताएकी थिइन् । प्रहरीका अनुसार उनको उमेर १७ वर्षको छ । त्यसपछि गौशाला प्रहरीले काठमाडौं प्रहरी प्रमुख बोहोरा...

यी हुन् १९ औँ निजामती सेवा दिवसमा पुरस्कृत ४० कर्मचारी

यी हुन् १९ औँ निजामती सेवा दिवसमा पुरस्कृत ४० कर्मचारी
काठमाडौँ । सरकारले १९ औँ निजामती सेवा दिवसमा पुरस्कृत हुने कर्मचारीहरूको नामावली सार्वजनिक गरेको छ ।मङ्गलवार राति बसेको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत नामावली सार्वजनिक गरिएको हो । सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार एक जना, उत्कृष्ट निजामती सेवा पुरस्कार १० र निजामती सेवा पुरस्कार ३० जनालाई प्रदान गरिँदै आएको भए पनि सरकारले यस वर्ष पनि सर्वोत्कृष्ट कर्मचारी भेटाएको छैन ।यस वर्ष १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जना कर्मचारीलाई निजामती सेवाका लागि छनौट गरेको छ । ...

नवलपुरमा भारी वर्षा, सतर्कता अपनाउन अनुरोध

नवलपुरमा भारी वर्षा, सतर्कता अपनाउन अनुरोध
नवलपुर । नवलपुरका केही स्थानमा पछिल्लो केही घण्टा भारी वर्षा भएकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । महाशाखाका अनुसार नवलपुरकाे दुम्कौली, डण्डा, अरुण खोला र आसपासका क्षेत्रमा पछिल्लो तीन घण्टामा भारी वर्षा भएको छ । ती क्षेत्र भई बहने स–साना नदीहरुमा बहाव बढ्ने हुँदा यात्रामा निस्कनेहरुले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । नवलपुरकाे  दुम्कौली, डण्डा, अरुण खोला र आसपासको क्षेत्रमा पछिल्लो तीन घण्टामा भारी वर्षा भएको र सो क्षेत्र भई ...

चेपाङहरुकाे नयाँ बर्षकाे अवसरमा चितवन सहित ३ जिल्लामा आज सार्वजनिक विदा

चेपाङहरुकाे नयाँ बर्षकाे अवसरमा चितवन सहित ३ जिल्लामा आज सार्वजनिक विदा
चितवन । लोपोन्मुख चेपाङ (प्रजा)  समुदायले नयाँ वर्ष (न्वागी)  मनाउँदै छन् । हरेक वर्ष मध्य भदौमा यो समुदायले पर्व मनाउने गर्दछ । उनीहरुले यस पर्वलाई छोनाम पनि भन्ने गर्दछ ।यसवर्ष भदौ २२ गते उक्त पर्व मनाइँदै छ । संविधानसभा सदस्य तथा नेपाल चेपाङ सङ्घका पूर्वकेन्द्रीय सदस्य गोविन्दराम चेपाङले चेपाङको यो सामुदायिक सांस्कृतिक पर्व भएको बताउनुभयो । उहाँले भन्नुभयो “यो हाम्रो नयाँ वर्ष हो । यस दिन पान्दे झाँक्री बोलाएर पूजा गरी कन्दमूल, फलफूल, तरकारी, घैया धानआदि खाने गरिन्छ ।” यसै...

यौन दुर्व्यवहारको गरेको आरोपमा सन्दिप लामिछाने विरुद्ध उजुरी

यौन दुर्व्यवहारको गरेको आरोपमा सन्दिप लामिछाने विरुद्ध उजुरी
काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध प्रहरीमा उजुरी परेको छ । जिल्ला प्रहरी कार्यालय, टेकुमा मंगलबार साँझ यौन दुर्व्यवहारको गरेको आरोपसहित किटानी जाहेरी परेको हो । प्रहरी उच्च स्रोतले लामिछानेविरुद्ध उजुरी परेको पुष्टि गरेको छ, तर थप बताएको छैन ।