×

Month: September 2022

अभिनेता पल शाह उच्च अदालत जाने

अभिनेता पल शाह उच्च अदालत जाने
नवलपुर । जिल्ला अदालतले जेल सजाय सुनाएका अभिनेता पल साह उक्त निर्णयविरुद्ध उच्च अदालत जाने भएका छन्। जिल्ला अदालत नवलपरासीले आज उनलाई अढाई वर्ष जेल सजायसहित क्षतिपूर्तिको फैसला गरेको थियाे। मंगलबार जिल्ला अदालतका न्यायाधीशले साहविरुद्ध बलात्कार प्रमाणित नहुने तर बाल यौन दुरुपयोगको ठहर भएको भन्दै अढाई वर्ष सजाय र २५ हजार जरिवाना तथा पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको थियो। उनका वकिल कमला मोहन वाग्लेले उच्च अदालत जाने बताए। जिल्ला अदालतको फैसला गल...

अभिनेता पल शाहलाइ साढे २ बर्ष कैद सजाय, १० लाख क्षतिपूर्ति

अभिनेता पल शाहलाइ साढे २ बर्ष कैद सजाय, १० लाख क्षतिपूर्ति
नवलपुर । जिल्ला अदातल, नवलपुरले अभिनेता पल शाहलाई बलात्कारको मुद्दामा सफाइ दिएको छ । तर बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्षको कैद सजाय र २५ हजार रुपैयाँ जरिवाना सुनाएको छ ।यज्ञप्रसाद आचार्यको इजलासले पीडित बालिकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिन भनेको छ भने अभिभावकलाई पनि सचेत गराएको अदालतका सूचना अधिकारी लालबहादुर क्षेत्रीले जानकारी दिए । गत चैतमा कलाकार शाहमाथि नाबालिग गायिकामाथि बलात्कार गरेको आरोप लागेको थियो । पीडितको बाबुको जाहेरीका आधारमा प्रहरीले मुद्दा अघि बढ...

नवलपुरका तीन पालिकाले गरे सय दिनको काम सार्वजनिक

नवलपुरका तीन पालिकाले गरे सय दिनको काम सार्वजनिक
नवलपुर । नवलपरासी पूर्वका तीन नगरपालिकाले जनप्रतिनिधिको एक सय दिनका उपलब्धि सार्वजनिक गरेका छन् । स्थानीय तह निर्वाचन २०७९ वैशाख ३० पछि कार्य सम्हालेका जनप्रतिनिधिले एक सय दिनका उपलब्धि सार्वजनिक गर्न थालेका हुन् । मध्यविन्दु नगरपालिकाका प्रमुख भीमलाल अधिकारीले निर्वाचित भएपश्चातका उपलब्धि सार्वजनिक गर्दै नागरिक सेवा केन्द्रको स्थापना गरी नागरिकलाई सहज सेवा दिइएको उल्लेख गर्नुभयो । नगरपालिकाले ज्येष्ठ नागरिकलाई प्रत्येक महिना घरघरमै पुगेर स्वास्थ्य जाँच गर्ने, अवैधरूपमा उत...

नारायणगढ मुग्लिन सडक अवरुद्द

नारायणगढ मुग्लिन सडक अवरुद्द
चितवन । लेदोसहित को खसेपछि नारायणगढ मुग्लिन सडक अवरुद्ध भएको छ । आज बेलुका पौने ६ बजे भरतपुर महानगर पालिका वडा नम्बर २९ सत्रकिलोमा पहिरो जादा उक्त सडक खन्ड अवरुद्ध भएको हो । हाल सडक डिभिजन कार्यालय संग समन्वय भैरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

नयाँ वर्ष मनाउँदै चेपाङ समुदाय,भोलि चितवन लगायत ३ जिल्लामा सार्वजनिक विदा

नयाँ वर्ष मनाउँदै चेपाङ समुदाय,भोलि चितवन लगायत ३ जिल्लामा सार्वजनिक विदा
चितवन । लोपोन्मुख चेपाङ (प्रजा)  समुदायले नयाँ वर्ष (न्वागी) मनाउँदै छन् । हरेक वर्ष मध्य भदौमा यो समुदायले पर्व मनाउने गर्दछ । उनीहरुले यस पर्वलाई छोनाम पनि भन्ने गर्दछ ।यसवर्ष भदौ २२ गते उक्त पर्व मनाइँदै छ । संविधानसभा सदस्य तथा नेपाल चेपाङ सङ्घका पूर्वकेन्द्रीय सदस्य गोविन्दराम चेपाङले चेपाङको यो सामुदायिक सांस्कृतिक पर्व भएको बताउनुभयो । उहाँले भन्नुभयो “यो हाम्रो नयाँ वर्ष हो । यस दिन पान्दे झाँक्री बोलाएर पूजा गरी कन्दमूल, फलफूल, तरकारी, घैया धानआदि खाने गरिन्छ ।” यसै ...

माधव नेपालले भने : गठबन्धनको सिट बाँडफाँट पेचिलो बन्यो

माधव नेपालले भने : गठबन्धनको सिट बाँडफाँट पेचिलो बन्यो
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धन भित्र प्रदेशसभा र प्रतिनिधिसभा सिट बाँडफाँटको विषय पेचिलो बन्दै गएको बताएका छन् ।अध्यक्ष नेपालले आगामी मंसीर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा तालमेल गरेर जाने सत्तारुढ दलहरुबीच सहमति भए पनि सिट बाँडफाँटको विषय सम्भव हुन्छ, हुन्न भन्ने प्रश्न उठ्ने गरेको स्वीकार गरे । पार्टी निकट नेपाल दलित मुक्ति संगठनको काठमाडौंमा मंगलबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले आफ्नो पार्टी...

नारायणी नदी पुलबाट हामफालेर एक पुरुष बेपत्ता

नारायणी नदी पुलबाट हामफालेर एक पुरुष बेपत्ता
चितवन । नारायणी नदी पुलबाट हामफालेर एक पुरुष वेपत्ता भएका छन । परिचय नखुलेका अन्दाजी ३० बर्षीय पुरुष आज बिहान हामफालेका हुन् ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका वडा नम्बर ३ स्थित नारायणी नदी पुलबाट बिहान ९ बजेर १० मिनेटमा उनले हामफालेका थिए । उनको खोजी कार्यको लागि वडा प्रहरी कार्यालय नारायणगढ प्रहरी नायब निरीक्षक सहितको विपद उद्धार टोलीले खोजतलास जारी राखेको छ । हालसम्म उनी फेला नपरेको प्रहरीले जनाएको छ । नारायणी पुलबाट हाम फालेर आत्महत्या गर्नेहरुक...

डेढ महिने दूधे छोरी घरमै छाडेर किन नारायणीमा हाम्फालिन ऋचा ?

डेढ महिने दूधे छोरी घरमै छाडेर किन नारायणीमा हाम्फालिन ऋचा ?
चितवन ।  झापाबाट सुत्केरी बस्न माइतीगाउँ चितवन खैरेहनी गएकी थिइन्, ऋचा उप्रेती । उपन्यासकार मिलन संग्रौलासँग प्रेमविवाहको तीन वर्षपछि १७ असारमा उनले छोरी जन्माइन् । शल्यक्रियाको घाउ निको भएपछि पति मिलनले २३ साउनमा ऋचालाई माइतीघर लगेर छाडेका थिए । तर, ७ भदौको अपत्यारिलो घटनाले उनले ऋचालाई सकुशल घर फर्काउन भने पाएनन् । त्यो दिन बिहान साढे ११ बजेतिर छोरीलाई दूध खुवाएर ऋचा घरबाट निस्केकी थिइन् । नयाँ कपडा लगाएर निस्किँदा उनले टिकटक बनाउन नजिकै हजुरबुवा–आमाकहाँ जान लागेको भनेकी...

कांग्रेस नवलपुरद्धारा उम्मेदवार हुन ईच्छुक सबैको नाम सिफारिस (नामावली सहित)

कांग्रेस नवलपुरद्धारा उम्मेदवार हुन ईच्छुक सबैको नाम सिफारिस (नामावली सहित)
नवलपुर । नेपाली कांग्रेस नवलपुर आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागी उम्मेदवार हुन ईच्छुक सबैको नाम प्रदेश सिफारिस गरेको छ । कांग्रेस नवलपुरको जिल्ला कार्यसमितिको सोमबार राती सकिएको बैठकले गत वैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा उम्मेदवार बनेकाहरुको नाम भने सिफारिस गरेको छैन भने प्रत्यक्ष र समानुपातिक मा दोहोरो नाम भएकाहरुको एक ठाउँमा मात्रै सिफारिस गरिएको बैठकमा सहभागी एक जना पदाधिकारीले बताए । कांग्रेस जिल्ला कार्यसमितिले क्षेत्रीय का...