×

Month: September 2022

नवलपुर एकमा राप्रपाबाट बिक्रम पाण्डेको एकल नाम सिफारिस

नवलपुर एकमा राप्रपाबाट बिक्रम पाण्डेको एकल नाम सिफारिस
नवलपुर । आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)  ले नवलपुर क्षेत्र नं १ बाट विक्रम पाण्डेको एकल नाम सिफारिस गरेको छ । शनिबार राप्रपा नवलपुर पदाधिकारीहरु बीचको बैठकले आउँदो निर्वाचनका लागि प्रतिनिधि सभा १ बाट विक्रम पाण्डे र २ बाट विष्णु प्रसाद अधिकारीको नाम सिफारिस गरेको छ । यसैगरि प्रत्यक्ष तर्फ प्रदेश सभा १ “क” मा सन्तोष थापा, १ “ख” बाट निलकण्ठ काफ्ले, केशव चौलागाई, शेरबहादुर केसीको नाम सिफारिस गरेको छ । यस्तै प्रदेश सभा २ को “क”बाट...

चितवनमा भैंसी चराउन गएका वृद्धको बाघको आक्रमणबाट मृत्यु

चितवनमा भैंसी चराउन गएका वृद्धको बाघको आक्रमणबाट मृत्यु
चितवन – चितवनमा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ ।मृत्यु हुनेमा माडी नगरपालिका २ ढिकुनेका ६८ वर्षीय सुर्यनाथ अधिकारी रहेका छन् । उनी शनिबार दिउँसो १ बजे २५ वर्षीय छोरा होमबहादुर अधिकारीसँगै स्थानीय मध्यवर्ती सामुदायिक वन अमलियामा भैंसी चराउन गएका थिए । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार छोरा होमबहादुरले बुवा सुर्यनाथलाई घर जानु भनी पठाएका थिए । तर बेलुका छोरा घर पुग्दासम्म पनि बुवा नपुगेपछि स्थानीय र आफन्तले खोजी गरेका थिए । सोही क्रममा उनले लगाएको टोपी, चप्प...

अक्स्फोर्ड कलेज पढेका युवाहरुद्धारा चितवनमा ‘स्मार्ट स्वीच’ उत्पादन

अक्स्फोर्ड कलेज पढेका  युवाहरुद्धारा  चितवनमा ‘स्मार्ट स्वीच’ उत्पादन
गैँडाकाेट । नवलपुरको गैँडाकोटमा अवस्थित अक्स्फोर्ड कलेजबाट बीई इलेक्ट्रिकल इञ्जीनियरिङ पढेका तीन युवाले विद्युत्को डिजिटल स्मार्ट स्वीच बोर्डको उत्पादन सुरु गरेका हुन् । स्वीचलाई विभिन्न तीनवटा माध्यमबाट नियन्त्रण गर्न सकिने गरी प्रविधि विकास गरिएको सञ्चालक जीवन दबाडीले बताउनुभयो । डिजिटल स्मार्ट स्वीचलाई औँलाले छोएर, रिमोर्टबाट तथा मोबाइल एप्समार्फत विद्युतीय उपकरणको सञ्चालन तथा बन्द गर्न सकिने उहाँको भनाइ छ । एडभान्सटेक इन्डस्ट्रिज प्रालिमार्फत ती युवाले डिजिटल स्मार्ट स...

आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष सुरु

आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष सुरु
काठमान्डौ ।  प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ । आरम्भकै दिन आज प्रतिपदा र द्वितीया तिथिको श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान २:१९ बजेसम्म गरिसक्नुपर्ने समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिए । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदा...

सैनिक महाविद्यालय विद्यार्थी गुणिय चक्रको सातौ हब सम्मेलन चितवनमा सम्पन्न

सैनिक महाविद्यालय विद्यार्थी गुणिय चक्रको सातौ हब सम्मेलन चितवनमा सम्पन्न
चितवन । सैनिक आवासीय महाविद्यालय, पर्सा चितवनमा Students’ Quality Circle ( विद्यार्थी गुणिय चक्र) अन्तर्गत सैनिक महाविद्यालयहरुको सातौँ हब सम्मेलन आज सम्पन्न भएको छ ।सैनिक आवासीय महाविद्यालय चितवनका सञ्चालक समितिका अध्यक्ष तथा श्री नं. २८ बाहिनीपति सहायक रथी श्री हिम्मत बहादुर विष्टज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा क्वेष्ट नेपाल कार्यकारी बोर्ड सदस्य विमलकुमार क्षेत्री क्वेष्ट नेपाल चितवन हव कोअर्डिनेटर ओमराज मैनाली र SQC मास्टर ट्रेनर प्रतिक्षा श्रेष्ठ समे...

अखिल नेपाल महिला संघ (क्रान्तिकारी)गैँडाकोटको अध्यक्षमा सुधा रिमाल

अखिल नेपाल महिला संघ (क्रान्तिकारी)गैँडाकोटको अध्यक्षमा सुधा रिमाल
गैँडाकोट । नेकपा माओवादी केन्द्र निकट महिलाहरुको संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी ) गैँडाकोट नगर समितिको अध्यक्षमा सुधा रिमाल चयन हुनुभएको छ ।संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी ) गैँडाकोट नगर समितिको आज सम्पनन प्रथम नगर सम्मेलन रिमालको अध्यक्षतामा ३१ सदस्यीय नगर समिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा माया जमरकट्टेल र रुपा सापकोटा, सचिवमा कमला आचार्य (शर्मा), कोषाध्यक्षमा उर्मिला विक र सहसचिवमा अक्सा श्रेष्ठ र उर्मिला कुमाल (गुरुङ ) रहनु भएको छ ।ने...

माओवादीले ल्याएको प्रणालीमा अरूले रजाइँ गरे : देवेन्द्र पाैडेल

माओवादीले ल्याएको प्रणालीमा अरूले रजाइँ गरे : देवेन्द्र पाैडेल
भूमीश्वर शर्मा  पोखरा ।  शिक्षा तथा विज्ञान प्रविधि मन्त्री देबेन्द्र पौडेलले माओवादीले ल्याएको प्रणालीमा अरूले रजाईँ गरेकाले समस्या भएको बताएका छन् ।प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिको बैठकमा सम्वोधन गर्दै नेकपा माओवादी केन्द्रका सचिवसमेत रहेका मन्त्री पौडेलले माओवादीले ल्याएको एजेन्डालाई संस्थागत गर्नको लागि माओवादी निकट पत्रकारले आक्रामक ढंगले प्रचार मोर्चामा लाग्न निर्देशन समेत दिए । उनले माओवादी कमजोर बन्दा परिवर्तनका एजेन्डाहरू उल्टिन सक्ने खतरा रहेकाले माओवादी...

नारायणगढ-बुटवल सडकको काम दशैँ पछि मात्रै सुरु हुने

नारायणगढ-बुटवल सडकको काम दशैँ पछि मात्रै सुरु हुने
गैँडाकाेट । चार लेनमा विस्तारको क्रममा रहेको नारायणगढ-बुटवल सडकको काम आउँदो दशैँ लगत्तै फेरि सुरु हुने भएको छ । आयोजनाको पहिलो ठेक्का सम्झौता अवधि सकिएपछि पुनः एक वर्ष म्याद थप गरिएको छ । तर म्याद थप भए पनि असोजपछि मात्रै निर्माण कम्पनीले काम गर्ने मनशाय बनाएको नारायणगढ-बुटवल सडक विस्तार आयोजना प्रमुख रमेशकुमार दिष्टीले बताउनुभयो । निर्माणको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशनले अहिले आयोजनामा कामदार परिचालन गरेको छैन । आयोजना प्रमुख दिष्टीले भन्नुभ...

दार्चुलामा पहिरोमा पुरिएका ५ जनाको शव भेटियो, ७ अझै बेपत्ता

दार्चुलामा पहिरोमा पुरिएका ५ जनाको शव भेटियो, ७ अझै बेपत्ता
धनगढी । दार्चुलामा अविरल वर्षापछि आएको पहिरोमा पुरिएर बेपत्ता भएका पाँच जनाको शव भेटिएको छ ।नौगाड गाउँपालिकामा तीन र महाकाली नगरपालिकामा दुई गरेर पाँच जनाको शव भेटिएको छ भने ७ जना अझै बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दार्चुलाका निमित्त प्रमुख प्रहरी निरीक्षक जगत गाहा मगरले नौगाड गाउँपालिका–२ बस्ने १५ वर्षीया धनुली ठगुन्ना, ३२ वर्षीया जानकी ठगुन्ना र ६८ वर्षीय मोहनराम पार्कीको शव भेटिएको जानकारी दिए ।उनकाअनुसार महाकाली नगरपालिका–१ सल्ला बस्ने ४३ वर्षीया मानम...