चितवन । सैनिक आवासीय महाविद्यालय, पर्सा चितवनमा Students’ Quality Circle ( विद्यार्थी गुणिय चक्र) अन्तर्गत सैनिक महाविद्यालयहरुको सातौँ हब सम्मेलन आज सम्पन्न भएको छ ।सैनिक आवासीय महाविद्यालय चितवनका सञ्चालक समितिका अध्यक्ष तथा श्री नं. २८ बाहिनीपति सहायक रथी श्री हिम्मत बहादुर विष्टज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा क्वेष्ट नेपाल कार्यकारी बोर्ड सदस्य विमलकुमार क्षेत्री क्वेष्ट नेपाल चितवन हव कोअर्डिनेटर ओमराज मैनाली र SQC मास्टर ट्रेनर प्रतिक्षा श्रेष्ठ समेत उपस्थित रहेको थियो ।

सम्मेलनलाई पहिलो चरणमा उद्घाटन सत्र, दोस्रो चरणमा विभिन्न महाविद्यालयबाट सहभागी विद्यार्थीहरुको विभिन्न विधामा प्रस्तुतीकरण र तेस्रो चरणमा पुरस्कार वितरण तथा समापन कार्यक्रम गरी तीन चरणमा सम्पन्न भएको थियो । उद्घाटन सत्रमा प्रमुख अतिथिले सम्मेलनको सफलताको लागि शुभकामना व्यक्त गर्नुहुँदै विद्यार्थीको सर्वाङ्गीण विकासमा Students’ Quality Circle (SQC)  ले निर्वाह गरेको भूमिकाको सराहना गर्नुहुँदै विद्यार्थीले सिकेका कुराहरुलाई व्यावहारिक जीवनमा लागु गर्नुपर्नेमा जोड दिनुभएको थियो । साथै उक्त कार्यक्रममा महाविद्यालयका प्रिन्सिपल श्री बाबुराम बन्जाडेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमको दोस्रो चरणमा ८ वटै महाविद्यालयका८८ जना विद्यार्थीहरुले प्यानल डिस्कश्न,केस स्टडी, फाइब मिनेट टु फेम, कोलाज जस्ता विद्यामा प्रस्तुति देखाइएका थिए । कार्यक्रमा क्वेष्ट नेपाल कार्यकारी वोर्डका सदस्य विमल कुमार क्षेत्रीज्यूले सैनिक आवासीय महाविद्यालय चितवनले सफलतापूर्वक यस कार्यक्रमको आयोजना गरेको र निकट भविष्यमा हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनमा समेत सक्रियतापूर्वक सहभागी हुन आग्रह गर्नुभएको थियो ।

सम्मेलनको तेस्रो चरणमा विभिन्न विधामा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने विद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो भने सम्पूर्ण सहभागी विद्यार्थीहरुलाई प्रमाणपत्र तथा मायाको चिनो प्रदान गरिएको थियो । समापन समारोहमा महाविद्यालयका सम्पर्क अधिकृत सेनानी श्री नैना बस्नेतज्यूले सहभागी सम्पूर्ण प्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभएको थियो । सैनिक महाविद्यालय हबका संयोजक जीवनाथ तिमिल्सिनाको Convener  मा सञ्चालित उक्त कार्यक्रमको उद्घोषण महाविद्यालयका होस्टेल सुपरिटेण्डेन्ट सुरजचन्द्र गौतम र जी.टीए नीला अधिकारीले गर्नुभएको थियो ।

 

तपाईको प्रतिक्रिया