
–बिष्णुप्रसाद ढकाल
मुक्तक १
आफू आफ्नै मनको गुलाम बनेपछि ।
यात्रा छाडि विश्राम मात्रै काम बनेपछि ।
गन्तव्यमा नटेकिदै थाक्छन कि त पाइलाहरु,
आफ्नै चेष्टा आफ्नै पथमा निलडाम बनेपछि ।
मुक्तक २
तिम्रो आखामा पनि त्यो मिठास देखिन्थ्यो ।
केही थिएन र पनि खास देखिन्थ्यो ।
तिमी आफ्नै रंगमञ्चमा अभिनयमा व्यस्त भयौ,
खै किन आज त्यो चेहरा उदास देखिन्थ्यो ।
मुक्तक ३
आगोमा आफैलाई राखि पानी पर्खिरहेछ ।
हुदैन वर्षात थाहा छ जानिजानि पर्खिरहेछ ।
विचारहरु पिल्सिएर नतिजा शून्य बन्दापनि,
उ अझै रित्तो ठेकिमा मदानि पर्खिरहेछ ।