नवलपुर । राष्ट्रिय युवासंघ नवलपुरका अध्यक्ष कृष्ण कंडेलले आफ्नो जन्मदिनको अवसरमा जिल्लाका तीनवटा संस्थामा खाद्यान्न सहयोग गर्नुभएकाे छ । गैँडाकोट नगरपालिका वडा नं. १ मा रहेको अपागं जिवन विकास संस्था,कावासोती १२ मा रहेको लक्ष्मीनारायण बृद्धाआश्रम र कावासोती ८ को मौलाकालिका अपागं बालगृहलाई खाद्यान्न सहयोग गर्नुभएको हो ।

जन्मदिनलाई समाजसेवासँग जोडेर आर्थिक रुपमा कमजोर रहेका संस्थाहरुमा खाद्यान्न सहयोग गर्नुभएको हो । अध्यक्ष कंडेलले सो अवसरमा ३ क्वीन्टल चामल, १५ लिटर खानेतेल, २० किलो आलु र २० किलो दाल सहयोग गर्नुभएको थियो ।

खाद्यान्न सहयोग कार्यक्रममा राष्ट्रिय युवासंघका केन्द्रिय अध्यक्ष किरण पौडेल, केन्द्रीय सदस्य मदन गिरी, सरु पाठक, नेकपा एमालेका नेताहरु दिनेशराज न्यौपाने, नवराज कंडेल, ध्रुव  अधिकारी वडाअध्यक्षहरु दिपेश खनाल, गोर्कण रिमाल लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया