×

चितवन ।  राप्रपा नेपालको जिल्ला कार्यसमिति चितवनमा पनि गठन भएको छ । शनिबार एक औपचारिक कार्यक्रमका बीच पार्टीका सहमहामन्त्री सुनिल क्षेत्रीको प्रमुख आतिथ्यतामा चितवनमा पनि राप्रपा नेपालको पार्टी बिस्तार कार्य सम्पन्न गरिएको हो ।

शनिबार विष्णु खरालको अध्यक्षतामा राप्रपा नेपालको ३१ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरिएको हो । पार्टीको वरिष्ठ उपाध्यक्षमा प्रेम प्रसाद गैरे, उपाध्यक्षमा दुर्गा प्रसाद भट्टराई, सचिवमा बलराम आचार्य, सहसचिवमा हेम बहादुर नेपाल र प्रवक्तामा शंकर निर्देश सर्वसम्मत चयन हुनुभएको छ ।

उक्त औपचारिक कार्यक्रममा बोल्दै राप्रपा नेपालका सहमहामन्त्री सुनिल क्षेत्रीले पार्टीलाई मजबूत रुपमा अघि बढाएर पार्टीको गरिमा र सिद्धान्तलाई पूर्णता दिनका लागी नवगठित कार्यसमितिले अमूल्य भूमिका खेल्नेमा विश्वास व्यक्त गर्नुभयो । सो क्रममा राप्रपा नेपालका सहमहामन्त्री क्षेत्रीले सर्वसम्मत नवगठित जिल्ला कार्यसमितिलाई बधाई समेत व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया