अमेरिका । अमेरिकाको लस एन्जलस निवासी एक पुरुषले छोरालाई ज’न्म दिएका छन् । ट्रान्स्जेन्डर पु’रुष बेनेट कास्पर विलियमले एक स्वस्थ बच्चालाई जन्म दिएका हुन् ।रिपोर्टकाअनुसार ३७ वर्षीय विलियम एक ट्रान्सजेन्डर पुरुष हुन् । करिब ७ वर्षअघिसम्म महिला रहेका विलियमले सर्जरीमार्फत ब्रेस्ट हटाए र अन्य ट्रिटमेन्टमार्फत विलियमले पुरुषमा हुने ह’र्मोनहरु परिवर्तन गराए । तर, मातृसुख लिन चाहेका विलियमले लिंग भने परिवर्तन गराएका थिएनन् । तिनै ट्रान्सजेन्डर पुरुष विलियमले सन् २०१७ मा मलिक नामक पुरुषसँग प्रेम सम्बन्धमा गाँसिए ।

लामो समयसम्म लिभिङ रिलेसनमा बसेको सो दम्पतीले सन्तान जन्माउने फैसला गरे । सो फैसलापछि विलियमले सन् २०२० अक्टोबरमा छोरालाई जन्म दिएको समाचार डेलिमेलमा छ।आफ्ना छोराको नाम हडसन राखेका विलियमले पछिल्लो समय सामाजिक सञ्जालमार्फत नराम्रो अनुभूति सेयर गरेका छन् ।छोरालाई जन्म दिएको एक वर्षपछि आफूले नर्स, विभिन्न छिमेकी र आफन्तबाट नराम्रो अनुभूति लिनुपरेको उनले बताएका छन् । ति व्यक्तिहरुले आफूलाई पिता नभइ आमा भनेको भन्दै विलियम’ले आप’त्ति जनाएका छन् ।

‘अस्पतालमा हडसनलाई जन्म दिँदा त्यहाँका नर्सहरुले पिता’को स’ट्टा मलाई बच्चाको आमा भनेर बोलाउन थाले । यता छिमेकी र आफन्तहरुले पनि मलाई हडसनको पिता नभइ आमा नै भनेर बोलाउँछन् ।अरुले यसरी बोलाउँदा मन पिरोल्छ, विलियमले भनेका छन्, ‘किनकी मातृत्व र नारित्वमा फरक हुन्छ । मातृत्वको भावना महिलासँग मात्र नभइ पुरुष’सँग पनि हुन्छ ।’ अन्नपूर्ण पोस्टबाट

तपाईको प्रतिक्रिया