चितवन। गत महिनाको कार्तिक ८ गते नारायणगढबाट एउटा स्कुटर हरायो । अस्मिता खत्रीको नाममा रहेको होण्डाको ना ४० प २५७४ नम्बरको डियो स्कुटर हिमालयन बैंक अगाडिबाट दिउँसो करिब साढे तीन बजेतिर हरायो । अस्मिताका श्रीमान् कृष्णबहादुर खत्री बैंकमा काम गर्छन् ।
स्कुटर हराएपछि खत्रीले बैंको सिसीटिभी फुटेज हेर । फुटेजमा चाहीँ स्कुटर चोरी भएको देखिन्छ । दुई जना मिलेर आएका चोरले आफै होण्डाको ग्रेजा स्कुटर ल्याएको र उक्त स्कुटर त्यहाँ राखी विभिन्न सवारी साधनको लक खोल्ने प्रयास गरेको देखिन्छ । यसैक्रममा खत्रीको स्कुटर उनीहरु खोल्न सफल हुन्छन् । त्यसपछि एक जनाले खत्रीको स्कुटर लगेर जान्छन् भने अर्कोले चोरी कार्यमा प्रयोग गर्न ल्याएको स्कुटर लैजान्छ ।
त्यसपछि पीडित परिवारले प्रहरीलाई जानकारी गराए । वडा प्रहरी हुँदै उनीहरु जिल्ला प्रहरी कार्यालयसम्म पुगे । जिल्ला प्रहरी कार्यालयको सिसीटिभीमा हेर्दा चोरी भएको स्कुटर पुल्चोकबाट पोखराबसपार्कतर्फ मेन रोड हुँदै गएको थियो । चोरी कार्यमा प्रयोग भएको स्कुटर चाहीँ पुलतर्फ गई नदी किनारतर्फ गएको देखिन्छ । बजारमा प्रहरीले राखेको सिसीटिभी यति कमशल छन् की चोरीमा प्रयोग भएको स्कुटर देखिए पनि त्यसको नम्बर भने बुझिँदैन र मान्छे पनि चिनिँदैन ।
त्यसपछि प्रहरी कार्यालयले पीडितहरुलाई स्कुटर पाएमा खबर गर्ने आश्वासन दिँदै फिर्ता पठायो । त्यसपछि पीडितका छोरा र उनका साथीहरु मिलेर नदी किनारतर्फ गएको चोरी कार्यमा प्रयोग गरिएको स्कुटरको नम्बर पत्ता लगाउनतर्फ लागे । उनीहरु प्रत्येका होटलमा खाजा खाँदै र कतै विन्ति गर्दै त्यहाँको सिसीटिभी फुटेज हेरे । हेर्दै जाँदा एउटा क्याफेको सिसीटिभी फुटेमा प्रष्टरुपमा चोरीमा प्रयोग भएको स्कुटरको नम्बर देखियो ।
उक्त नं। पत्ता लगाइसकेपछि उनीहरुले प्रहरीलाई जानकारी गराए । प्रहरीले पीडित आफैलाई होण्डा स्वरुममा गएर उक्त नं। प्लेट कस्को नाममा छ भनेर हेर्न पठाए । पीडित एक्लै जाँदा स्वरुमले परिचय दिएन । प्रहरीसहित आउन भन्यो । पीडितहरुले प्रहरीलाई आग्रह गर्दा सहजै मानेनन् । पटकपटकको आग्रहपछि अन्तत प्रहरी स्वरुममा गए । होण्डा स्वरुममा पुगेपछि उक्त स्कुटर सुदिर सुर्खेतीको रहेको पाइयो । र सुर्खेती सोही होण्डा स्वरुममा विगतमा केही वर्ष काम गरेका रहेछन् । र अहिले भरतपुरको क्षेत्रपुरमा आफ्नै ग्यारेज सञ्चालन गरिरहेका रहेछन् । यसरी ग्यारेज वालाले नै स्कुटर चोरेको देखिन्छ । चोरी गर्ने अर्का व्यक्ति चाहीँ उनकै ग्यारेज अगाडि रहेको मोबाइल पसलका सञ्चालन रोशन मिजहार हुन्छन् ।
त्यसपछि वडा प्रहरीले ग्यारेजवालालाई पक्राउ ग¥यो र उनले चोरी कार्यमा प्रयोग गरिएको ग्रेजा स्कुटर पनि बरामद ग¥यो । अनुसन्धान गर्दै जाँदा चोरी भएको डियो स्कुटर कावासोती लगेर रिकण्डिशनमार्फत कावासोतीका २३ वर्षीय सुरज ढकाललाई ८८ हजारमा बेचेको देखिन्छ । त्यसपछि स्कुटर वडा प्रहरी कार्यालयमा ल्याउन लगाइयो । स्कुटरको स्वरुप केही परिवर्तन गरिएको पाइयो । सुधिर सुर्खेतीले आफ्नो दिदीको स्कुटर हो भनि बेचेको देखिन्छ ।
त्यसपछि वडा प्रहरीले दुई वटै स्कुटरसहित सुर्खेतीलाई जिल्लामा बुझायो । जिल्लामा पुगेपछि अर्का चोर रोशन मिजहारलाई पनि नियन्त्रणमा ल्याइयो । यसपछि प्रहरीले पीडितलाई जाहेरी दिन लगायो । पीडितका छोरा निर्मल पौडेलले कार्तिक १६ गते जाहेरी दिए । त्यसपछि प्रहरीले थप अनुसन्धान अगाडि बढायो । त्यसपछि अनुसन्धानकाबारेमा पीडितलाई जानकारी छैन ।
डेढ महिनापछि अदालतबाट धरौटीमा छुटेर चोर खुलेआम चोरी कार्यमा प्रयोग भएको ग्रेजा स्कुटर लिएर बजारमा खुलेआम घुमिरहेका छन् भने चारी भएको स्कुटर प्रहरी कार्यालयमा थन्किएर बसेको छ । उक्त स्कुटर दिनानुदिन थोत्रिँदै गएको छ । यी सबै गुनासाहरु सहित पीडित परिवार हामी समक्ष आएपछि यो कुरा सतहमा आएको हो ।
चोरी कार्यमा प्रयोग भएको स्कुटर बरामद हुनुपर्नेमा उक्त स्कुटरलाई छाडेर चोरी भएको स्कुटर भने प्रहरी कार्यालयमा षडाएर राखिएको छ । यस विषयमा प्रक्रिया दिँदै जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी उपरीक्षक ओम अधिकारीले अदालतीय प्रक्रियामा रहेको बताए । उनले बरामद भएको स्कुटर किन छाडियो त भन्ने प्रश्नको जवाफ स्पष्टरुपमा दिन सकेनन् ।
जिल्ला अदालत चितवनका श्रेष्तेदार ईश्वर आचार्यले चोरी भएको स्कुटर छड्न भनेर सरकारी वकिलले पत्र पठाएमा छाड्न अनुमति दिने बताए । यस्तै कहिलेकाहीँ सबै चोर पक्राउ नपरेको खण्डमा पनि सवारी फिर्ता गर्न नमिल्ने उनले बताए ।
आफ्नो सवारी साधन पाएपछि अधिकांश पीडित मुद्दा फैसलाका क्रममा नआउने, पटकपटक बोलाउनुपर्ने, मुद्दाका बारेमा वेवस्ता गर्ने गरेकाले सवारी साधन फिर्ता गर्न सरकारी वकिलले नमान्ने गरेको उनले बताए । मुद्दा फैसलाका दिन पीडित आउने प्रतिवद्दतासहित सवारी साधन फिर्ता गराउन सरकारी वकिलहरुलाई आग्रह गरिएको उनले बताए । यसर्थ सवारी धनीले मेरो स्कुटर फिर्ता पाउँ र म मुद्दा फैसलाका बेला जहिले पनि आउँछु भनि प्रतिवद्दतासहित निवेदन दिनुपर्ने उनले बताए ।
उक्त निवेदन चित्त बुझेमा मात्र सरकारी वकिलले स्कुटर फिर्ता गर्न सिफारिस गर्ने गर्छन् । मुद्दा फैसलाका क्रममा जाहेरी वालालाई ४ ५ पटक झिकाउनु पर्ने हुँदा जाहेरीवाला नआउने गरेको आचार्यले बताए । आफ्नो समान पाएपछि मुद्दालाई वेवास्ता नगर्न उनले आग्रह गरेका छन् ।