सौराहा । नेकपा एमालेको सौराहामा जारी दशौं महाधिवेशनमा अहिलेसम्म १६ सय भन्दा धेरै मत खसेको छ ।मङ्सिर ११ गतेदेखि सुरु भएको बन्दसत्रमा सहमतीको प्रयास गरिएपनि नभएपछि आज विहान ४ बजेबाट मतदान सुरु भएको थियो । विहान अध्यक्षका उमेद्वार केपी शर्मा ओली र अर्का उमेद्वार भीम रावलले मतदान गरेपछि सुरु भएको थियो । अहिलेसम्म एकहजार ६ सय मत खसेको निर्वाचन आयोगका सदस्य वावुराम दाहालले जानकारी दिनु भयो ।

कुल २१ सय ५३ मतदाता रहेको महाधिवेशनमा अहिलेपनि मतदान चलिरहेको छ । अध्यक्षमा रावलले मत माग्दै हुनुहुन्छ भने अर्का अध्यक्षका उमेद्वार ओली रिसार्टमा बस्नु भएको छ । उपाध्यक्षका उमेद्वारहरुले प्रतिनिधिहरुसंग मत माग्दै हिड्नु भएको छ । निर्वाचन आयोगका अनुसार मतदान ११ बजेसम्म चल्ने जनाइएको छ । हिजो राति ९ बजे मतदान प्रकृया अगाडि वढाउने भनेपनि उमेद्वारी फिर्ताको लागि भन्दै समय लम्व्याइएको थियो ।
अध्यक्षमा दुइ, उपाध्यक्षमा ६ पदका लागि सातजना, सचिवमा ७ पदका लागि ९ जनाले उमेद्वारी दिएका छन् । निर्वाचन आयोगका अनुसार मतदान सकिएको दुइ घण्टापछि परिणाम आउने जानकारी दिएको छ । अहिले ७२ वटा विद्युतीय मेसिनबाट मतदान भइराखेको छ ।

 

तपाईको प्रतिक्रिया