नवलपुर । पूर्वि नवलपरासीको गैँडाकोटमा रहेको ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले सोमबार श्रीकृष्ण जन्माष्टमीको अवशरमा मास्क स्यानिटाईजर तथा पानी वितरण गरेको छ ।गैँडाकोट नगरपालिका वडा नं. ५ स्थित राधाकृष्ण मन्दिर परिसरमा मन्दिरमा आएका भक्तजनहरुको लागि मास्क,स्यानेटाईजर र पानी वितरण गरिएको बैंकका शाखा प्रमुख कमल तिवारीले जानकारी दिनुभयो ।

बैंकको सामाजिक उत्तरदायीत्व अन्तर्गत  मास्क, स्यानेटाईजर तथा पानी वितरण गरिएको उहाँले बताउनु भयो । सो अवसरमा कार्यक्रममा प्रमुख अतिथि गैँडाकोट नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष नवराज कंडेलले ग्रीन डेभलपमेन्ट बैकंले समाजिक क्षेत्रमा गरेको कार्य निकै प्रशंसनीय रहेको बताउनु भयो । उहाँले ग्रीन डेभलपमेन्ट बैंकले जस्तै अन्य संघसंस्थाले समाजिक उत्तरदायीत्व बहन गर्दै सहयोग गर्नुपर्ने धारण राख्नुभयो ।

त्यस्तै युवा समाजसेवी मेघराज कंडेलले ग्रीन बैंकले विगतमा समेत सामाजिक उत्तरदायित्व अन्तर्गत  विभिन्न कार्यहरु गरेको भन्दै खुसी व्यक्त गर्नुभयो । कार्यक्रम बैंकका शाखा प्रमुख कमल तिवारीको अध्यक्षतमा सम्पन्न भएको थियो ।

 

तपाईको प्रतिक्रिया