बीरगंज । वीरगन्जको सीमावर्ती भारतीय सहर रक्सौलको अहिरौलिया पञ्चायत शिवपुर बिर्ता गाउँमा पोखरीमा डुबेर बाख्रा चराउन गएका ५ जना बालिकाको मृत्यु भएको छ ।आज दिउँसो सवा दुई बजे बाख्रा चराउन गएका बालिकाहरुमध्ये एक जना पोखरीमा डुबेपछि एकले अर्कालाई बचाउने क्रममा ५ जनाकै डुबेर मृत्यु भएको रक्सौल अहिरौलिया पञ्चायतका मुखिया भिखारी दासले जानकारी दिनुभयो ।

मृतक बालिकाहरूको शव पोखरीबाट निकालेर पोस्टमार्टमका लागि मोतिहारी अस्पताल पठाइएको रक्सौल अनुमण्डलको रामगढवा अञ्चलका सि आई सुनिल कुमारले जानकारी दिनुभयो ।मृतक बालिकाहरूमा शिवपुर बिर्ता गाउँ निवासी रमेश महतो की १० वर्षीया छोरी सरिता कुमार महतो, भिखर महतोकी १० वर्षीया छोरी कौशल्या कुमारी र ८ वर्षीया छोरी सीमा कुमारी, बद्री महतोकी १० वर्षीया छोरी शोभा कुमारी, अवधेश महतोकी ११ वर्षीया छोरी सुगी कुमारीको मृत्यु भएको जनाइएको छ ।

बाख्रा चराउने क्रममा पोखरीमा नुहाउन लाग्दा सुगी कुमारी पानी डुब्न लागेपछि उनलाई बचाउने क्रममा पाचैं जना बालिकाको पोखरीमा डुबेर मृत्यु भएको अञ्चल सि आई सुनिल कुमारले जानकारी दिनुभयो ।

 

तपाईको प्रतिक्रिया