सरिता पौडेल

चितवन ।संस्थाको विधान संसोधन गर्दै आर्दश नारी विकास केन्द्रले आफ्नो २८ औं बार्षिक साधरण सभा आज सम्पन्न गरेको छ । संस्थाको विधान संसोधन गर्ने अधिकार कार्यसमितीलाई दिएको छ । संस्थाको निति, नियमावली, निर्देशिका र आचरसंहिता निमार्ण तथा परिमार्जन गर्ने अख्तियारी समेत कार्यसमितीलाई दिइएको हो । साधरणसभाले ०७६,०७७ बार्षिक र आर्थिक प्रतिवेदन पास गर्दै ०७७,०७८ को बार्षिक कार्ययोजना पारित गरेको छ । आगामी बर्षका लागि संस्थाले रु.३५ लाख ३२ हजार ३ सय ५८ अनुमानित बजेट पेश गरेको छ । आगामी बर्षको कार्ययोजना प्रस्तुत गर्र्र्दै अध्यक्ष मीना खरेलले आर्दश नारीलाई चितवनमा केन्द्रिय कार्यालय रहने गरि राष्ट्रिय संस्थाको रुपमा विकास गरिने बताउनुभयो । उहाँले प्रदेश समिति गठनको तयारी भइरहेको जानकारी दिदैं यसकार्यमा सबै आर्दशका अभियन्ता लाग्न आव्हन गर्नुभयो । यस्तै गरि आर्दश फाउन्डेनको स्थापना गरिने भएको छ । यस्तै संस्थाले पुस्ता हस्तान्तरणका लागि आर्दश युवा समिती गठन गर्ने भएको छ । अमुल्य जिवनका लागि आर्दशको साथ भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै लैगिंक तथा घरेलु हिंसा प्रभावितलाई लक्षित गरि मनोसामाजिक परामर्श हेल्प डेक्स निर्माण गरिने भएको छ । द्धन्द्धप्रभावितहरुको क्षेत्रमा जीवीकोपार्जन सुधारका लागि विभिन्न आयआर्जन र सीपमुलक कार्यक्रम सञ्चालन गरिदैंछ । यसैगरि आर्दश आवाज नामक बुलेटिन प्रकाशन, वेवसाइट व्यवस्थापनमा जोड दिइएको छ । संस्थाले आफ्ना नियमित कार्यक्रममा निरन्तरता दिदैं दिवसिय कार्यक्रमलाई थप प्रभावकारी रुपमा मनाउने भएको छ ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै उपाध्यक्ष उषा खरेल सुवेदीले संस्थाको गरिमालाई थप उचाईमा पुर्याउन आफु हरपल लाग्ने प्रण गर्नुभयो । उहाँले महिलाहरुको न्याय र अधिकारको सवालमा संस्थाले ससक्त रुपमा आवाज उठाउंदै आएको बताउंदै अध्यक्ष मीना खरेलको नेतृत्व र सक्रियताले आफुहरुलाई काममा थप उर्जा मिलेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा बोल्दै बक्ताहरुले आर्दश नारी विकास केन्द्र सामाजिक क्षेत्रमा ब्रान्ड बनिसकेको बताए । प्रमु्ख अतिथि अधिबक्ता फुलमाया रानाभाटले इतिहास बोकेको यस संस्थाको साखलाई जोगाइराख्नुपर्ने बताउनुभयो । उहाँले आर्दश नारी समाजको कुरिती र विसंगतिका विरुद्ध खरो रुपमा उत्रिएको स्मरण गर्दै हिंसा प्रभावित महिला दिदीबहिनीहरुको न्यायका लागि खेलेको भुमिका प्रसंसायोग्य भएको बताउनुभयो । पछिल्लो समय संस्थाले सामाजिक जागरण संगै आचरण सुधारका लागि आध्यात्मिक कार्यक्रमलाई समेट्नु खुसीको कुरा भएको उहाँको भनाई थियो ।
यस्तै सल्लाहकार एवं रेडक्रसकर्मी विदुर केसीले समाज रुपान्तरणमा संस्थाले खेलेको भुमिकाको उच्च सम्मान गर्नुभयो । आर्दशको काम सामाजिक रुपान्तरणको अग्रणी स्थानमा भएपनि प्रचारप्रसार नगरिदाँ राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा यसका गतिविधि पुग्न नसकेको उहाँको भनाई थियो । अधिकारकर्मी डाक्टर नर्मता पाण्डेले आर्दशको महत्वपुर्ण सवल पक्ष नै पारदर्शिता भएको बताउदै यसलाई जोगाउंदै राष्ट्रिय स्तरमा अभियान चलाउनुपर्ने आवश्यकता औल्याउनुभयो । यस्तै आर्दश बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भानुभक्त कडेलले आर्दशले सञ्चालन गरेका कार्यक्रमहरुले समाज सुधारमा महत्वपुर्ण भुमिका खेलेको बताउनुभयो । संस्थाका अध्यक्ष मीना खरेलको अध्यक्षतामा भएको कार्यकमको प्रमुख अतिथि संस्थाको कानुनी सल्लाहकार अधिवक्ता फुलमाया रानाभाट हुनुहुन्थ्यो । संस्थाको बार्षिक प्रतिवदेन सचिव देवी सुवेदी पृथ्वी र कोषाध्यक्षको प्रतिवेदन लेखा अधिकृत सिर्जना पाण्डेले प्रस्तुत गनुर््भएको हो । कोभिडका कारण पदाधिकारीहरु सामाजिक दुरी कायम गरि भौतिक रुपमा उपस्थित भएका थिए भने सदस्य सल्लाहकार संरक्षक भच्र्चुअल माध्यमबाट जोडिएका थिए ।

 

तपाईको प्रतिक्रिया