क्यानडा । नेपाली जनसम्पर्क समिति क्यानडा (NPRC ) को सम्पन्न तेस्रो भर्चुअल अधिवेशनले उदय दुरा को सभापतित्वमा २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनले उपसभापतिमा प्रजापति सापकोटा एवं रबि पाण्डे तथा महामन्त्रीमा मनोहर पाठक लाई चयन गरेको छ । त्यस्तै, कोषाध्यक्षमा मन्जु गुरुङ्ग र प्रवक्तामा सन्तोष ढकाल लाई चयन गरेको छ ।
नेपाली जनसम्पर्क समिति क्यानडा (NPRC ) का निवर्तमान सभापति राम बाबु थापा को सभापतित्वमा सम्पन्न अधिबेशनमा प्रमुख अतिथि नेपाली काङ्ग्रेस क्यानडाका वरिष्ठ नेता एवं संस्थाका सल्लाहकार प्रकाश ज्ञवाली रहनु भएको थियो भने बिशेष अतिथिमा प्रजातान्त्रिक बिचार समाज नेपालका सचिव बासुदेव भण्डारी हुनुहुन्थ्यो । अधिवेशनमा महेश लेखक ले स्वागत मन्तब्य व्यक्त गर्नु भएको थियो । अधिबेशन कार्यक्रम संस्थाका बिवर्तमान महामन्त्री लिलाधर न्यौपानेले सन्चालन गर्नु भएको थियो ।