Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

पोखरा ।गण्डकी प्रदेश सभाको नेकपा एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङ गण्डकी प्रदेशको मुख्यमन्त्री पुन बन्ने भएका छन् ।प्रदेश प्रमुख सिता पौडेलले प्रदेश सभाको सबै भन्दा ठुलो दल एमालेलाई अल्पमतको सरकार गठन गर्न आव्हान गरेपछि गुरुङले दोश्रो पटक मुख्यमन्त्रीको सपथ खाँदैछन् ।

उनले आजै सपथ खाने तयारी गरेको श्रोतले जानकारी दियो । बैशाख २६ गते राजीनामा गरेका गुरुङ अहिले काम चलाउ मुख्यमन्त्री छन् ।मुख्यमन्त्रीबाट गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले २६ गते दिउसो ४ बजे ७२ घण्टाको समय दिदैं बहुमतको सरकार गठनका लागि दलहरुलाई आव्हान गरेकी थिइन् ।

यो अवधिमम बहुमतको सरकार बनाउन कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले प्रयास गरेपनि जनमोर्चाका कृष्ण थापाले साथ नदिएपछि उनी सफल भएनन् । उनलाई कांग्रेस, माओवादी केन्द्र र जसपाको साथ थियो । जनमोर्चाको मत एकै नहुँदा नेपालीले मुख्यमन्त्री बन्न पाएनन् ।आजै मुख्यमन्त्रीको सपथ खाने तयारी गरेका गुरुङले प्रदेश सभाबाट एक महिना भित्रमा विश्वासको मत लिनु पर्नेछ ।

तपाईको प्रतिक्रिया