
काठमान्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समुहले भोलि (बुधबार) प्रतिनिधि सभा विघटन विरुद्ध प्रदर्शन गर्दैछ । काठमाडौंमा हुने उक्त जनप्रदर्शनमा २ लाखभन्दा बढी मान्छे उर्ताने प्रचण्ड-नेपाल समुहले दाबी गरेको छ।
प्रचण्ड-नेपाल समूहको आज बसेको सचिवालय बैठकले बुधबारको विरोध सभाको सबै तयारी पूरा भएको समेत निष्कर्ष निकालेको छ। हाम्रो विरोध प्रदर्शन र जनसभाको तयारी उल्लेख्य रूपमा भएको छ। जनताको उत्साहजनक सहभागिता रहने निष्कर्ष निकालेका छ वरिष्ठ नेता झलनाथ खनालले भने, हाम्रो सभामा २ लाखभन्दा बढी मान्छे सहभागी हुने निश्चित भएको छ ।