Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

काठमाडौं  । राजधानीको नयाँ बसपार्कमा बिहीबार बिहानै एक ट्याक्सीमा आगजनी भएको छ । काठमाडौं प्रहरी प्रमुख अशोक सिंहले परिचय नखुलेका दुई युवाले ट्याक्सी जलाएको जानकारी दिए ।

प्रदेश नम्बर ३–०१–००२ ज ५८८१ नम्बरको ट्याक्सीमाथि आगजनी भएको उनको भनाइ छ ।ट्याक्सी आज बन्द आह्वान गरेको प्रचण्ड–नेपाल समूहले जलायो कि अन्य कसैले भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आगजनीबाट ट्याक्सी पूर्णरुपमा ध्वस्त बनेको छ ।

तपाईको प्रतिक्रिया