×

चितवन । उच्च शिक्षा अध्ययनका लागि जापान जान चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै सेन्ट्रल कलेज अफ भोकेस्नल ट्रेनिङ प्रालिले देशका सात शहरहरुमा आफ्नो शाखा विस्तार गरेको छ ।
कलेजका प्रिन्सिपल यज्ञविलास पौडेलका अनुसार नवलपरासीको बर्दघाट,रुपन्देहीको भैरहवा, पाल्पा, बाग्लुङ, तनहुँको दमौली, लमजुुङको बेसीशहर र गोर्खामा कलेजले नयाँ शाखा विस्तार गरेको हो । सो कलेजले यस अघि नै कावासोती, पोखरा, हेटौंडा, टाँडी,पर्सा लगायतका स्थानमा शाखा विस्तार गरिसकेको छ ।
कलेजका प्रिन्सिपल पौडेलले जापान जाने विद्यार्थीहरुलाई मात्र लक्षित गरि शैक्षिक परामर्श र भाषा परिक्षण दिदैं आएको सेन्ट्रल कलेजले अब निकट भविष्यमा नै युरोप र दक्षिण कोरिया जान चाहनेहरुका लागि विद्यार्थी भिषामा पठाउने व्यवस्था गरिएको जानकारी दिनुुभयो ।
साथै उहाँले निकट भविष्यमै इजरायलमा केयरगिभर पदमा जान चाहनेहरुका लागि कलेजले प्रशिक्षण शुरु गर्न लागेको बताउनुु भयो । कलेजका अनुसार निकट भविष्यमै इजरायल भाषा, अंग्रेजी भाषा, कोरियन भाषा र कम्यूटर कक्षा पनि संचालन गर्ने तयारी थालिएको छ ।

नेपालबाट थप अध्ययनका लागि विभिन्न देश जान चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै कलेजले शैक्षिक परामर्श प्रदान गर्दै आएको छ । कलेजले जापान जाने विद्यार्थीहरुका लागि लक्षित गर्दै जापानकै प्रशिक्षकबाट भाषा तालिम समेत प्रदान गर्दै आएको छ । विद्यार्थी भिसा समेत उपलब्ध गराउदैं आएको कलेजले जापान गएर अध्ययन गरी त्यहाँको सीप र ज्ञानलाई नेपालमा ल्याएर प्रयोग गर्न सक्ने तर्फ कलेजले परामर्श दिदैं आएको पनि प्रिन्सिपल पौडेलले बताउनुुभयो ।
पछिल्लो केही वर्ष यता शिक्षासँगै रोजगारीको अवसर समेत प्रशस्त पाईने भएकाले नेपाली विद्यार्थीहरूको रोजाईमा जापान अग्रनी स्थानमा पर्दै आएको छ । नेपालमै शैक्षिक परामर्शका लागि अग्रणी स्थानमा रहेको कलेज विगत १० वर्ष देखि आफ्नो सेवा प्रवाह गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया