×

भरतपुर । चितवनको ईच्छाकामना गाँउपालिका वडा नं. ७, भालुमारामा भरतपुर हाइट टोल विकास संस्था भरतपुर १० ले जाडोको न्यानो कपडा वितरण गरेको छ ।
भालुमारामा रहेको ५० विपन्न घर धुरीलाई प्रति धुरी एक ब्यालेङ्केटकासाथ  जगेडा लुगा समेत समावेश गरी वितरण गरेको हो । ईच्छाकामना गाँउपालिका वडा नं. ७ का अध्यक्ष बम बहादुर थापा बिजयको प्रमुख आतिथ्यता तथा भरतपुर हाइट टोल विकास संस्थाका अध्यक्ष शिवराज गिरीको अध्यक्षतामा न्यानो कार्यक्रम सम्पन्न भएको हो ।
न्यानो कार्यक्रममा बोल्दै प्रमुख अतिथिले बिपन्न बस्तिमा गरिएको सहयोग प्रति आभार ब्यक्त गर्नुभयो । पहाडी भेगमा जाडो बढी हुने र त्यस क्षेत्रमा आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरु छन भन्ने जानकारीमा आएपछि त्यस क्षेत्रमा न्यानो कार्यक्रम गर्दा बढी प्रभावकारी हुने उद्देश्यले सो स्थान छनौट गरी सम्पूर्ण टोलबासीको सहयोगमा कार्यक्रम सम्पन्न गरिएको कार्यक्रम संयोजक अनिता खनालले जानकारी गराउनु भयो ।
कार्यक्रममा भरतपुर हाइट टोल विकास संस्थाका सचिव इन्दिरा भुषालले स्वागत मन्तव्य राख्नु भएको थियो भने संस्थाका सल्लाहाकार राजेश्वर खनाल, सदस्यहरु राम माया श्रेष्ठ, सावित्रि शर्मा, बिमला बस्ताकोटी साथै ईच्छाकामना गाँउपालिका वडा नं. ७ का वडा सदस्य टेक बहादुर गुरुङ्ग, समाजसेवी मान बहादुर थापा लगाएतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै कार्यक्रमका सभाध्यक्ष एवं भरतपुर हाइट टोल विकास संस्थाका अध्यक्ष शिवराज गिरीले संस्थागतरूपमा सामाजिक उत्तरदायित्व निर्वाह गर्ने परम्पराको थालनी गर्ने उदेश्यले विकटमा रहेका विपन्न परिवारमा नयाँ लुगाको साथमा आफ्ना लगाउनयोग्य जगेडा लुगाहरू समेत समावेश गरेर प्रदान गर्दा सहयोग अझै प्रभावकारी हुने बताउनु भयो। साथै आगामी दिनहरुमा पनि यस्तो कार्यलाई अभियानको रुपमा निरन्तरता दिने जानकारी गराउनु भयो।

तपाईको प्रतिक्रिया