गैँडाकोट । नेपाल कम्युनिष्ट पार्टि (नेकपा) को विद्यार्थी संगठन अनेरास्ववियू नवलपुरको आयोजनामा हुने बृहत कार्यकर्ता भेलाको तयारी पुरा भएको छ ।
जिल्ला सदरमुकाम कावासोतीमा भोली (बुधवार) हुने भेलाको सबै तयारी पूरा भएको अनेरास्ववियूका केन्द्रीय सदस्य विस्पोटन गिरीले उज्यालो लाई जानकारी दिए । विद्यार्थी भेलामा सहभागिता जनाउन जिल्लाका सबै स्थानीय तहबाट विद्यार्थीहरु सदरमुकाम कावासोती आउने उनले बताए ।
बुधवारको विद्यार्थी भेलाले संगठनको गतिविधि विपरित काम गर्ने केहिलाई कारवाही समेत गरेर जिम्मेवारीबाट मुक्त गर्न सकने बताइएको छ ।
विद्यार्थी भेलालाई नेकपाका केन्द्रीय सदस्य एवं युवा नेता तिलक बहादुर महत, विद्यार्थी नेता नरेश रोकाया सहित नयाँ जिम्मेबारी पाएका विद्यार्थीनेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।
नेकपा दुई धारमा विभाजन भएसँगै देशभर ओली समूह निकट अनेरास्ववियूले आफ्ना गतिविधिलाई आक्रामक रुपमा अगाडी बढाएको छ । नवलपुरमा प्रधानमन्त्री एवंम नेकपा अध्यक्ष ओलीको विचारसँग नजिक रहेका विद्यार्थीहरुको संख्या उच्च छ ।